कश्मीर हमलामा एक नेपालीको मृत्यु

Published on

काठमाडौँ । बुटवल उपमहानगरपालिका-१४ बेलभरिया घर भई बुटवल-११ कालिकानगरमा बस्दै आएका २७ वर्षीय सुदिप न्यौपानेको भारतको जम्मु-कश्मीरको आतङ्कवादी हमलामा परी मृत्यु भएको छ । सुदिपसहित आमा, बहिनी र ज्वाइँको टोली चार दिनअघि शनिवार भारतको जम्मु-कश्मीर घुम्न गएका थिए । बुटवल उपमहानगरपालिका-१४ का वडा अध्यक्ष दधिराम न्यौपानेले आतङ्कवादीको आक्रमणमा सुदिपको मृत्यु भएको बताउँदै शव आजै साँझसम्म काठमाडौं ल्याउने तयारी रहेको जानकारी दिनुभयो । उहाँले सुदिप आफ्नो माईलो बुवाको नाती रहेको पुष्टी गर्दै सुदिपको आमा रिमा पाण्डे, बहिनी सुष्मा र ज्वाइ उज्ज्वल काफ्लेसहित काश्मीर गएको बताउनुभयो । जम्मु–कश्मीरस्थित पहलगाममा मंगलबार पर्यटकको समूहमाथि भएको आक्रमणमा सुदिप पनि परेका हुन् । सुदिप घरको एक्लो छोरा र अविवाहित हुन् । सुदिप धरानमा ‘पब्लिक हेल्थ’ विषय पढ्दै गरेको बताइएको छ । उहाँसँगै रहेका आमा, बहिनी र ज्वाइँ भने सकुसल रहेको वडा अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो ।

यसैगरी बुटवल-१४ बेलभरियाका स्थानीयले सुदिपको आतङ्कवादी आक्रमणमा परि मृत्यु भएको सुनेपछि भावविह्वल भएको बताउनुभयो । स्थानीय जगन्नाथ पौडेलले सुदिप सानैबाट यही बसेको र पछि बसाई सरेर बुटवलको कालिकानगर गएको बताउँदै घटना सुनेपछि आफूहरु शोकका परेको बताउनुभयो । सुदिपका बुबा ध्रुव न्यौपाने रुपन्देहीको सौरहिया विद्यालयमा अध्यापनरत हुनुहुन्छ । आमा र बुवाबिच सम्बन्धविच्छेद भएपछि सुदिप आमासँग बुटवल-११ कालिकानगरमा बस्दै आएका थिए । बुटवल-१४ का वडा सदस्य रामप्रसाद पराजुलीले सुदिपको भारतको कश्मीरमा आतङ्कवादी हमलामा परि मृत्यु भएको सुन्दा बेलभरिया गाउँ नै शोकमा डुबेको बताउनुभयो । उहाँले सुदिपको बसाई बुटवल-११ कालिकानगरमा रहेपनि घरजग्गा सबै बुटवल १४ बेलभरियामा रहेको जानकारि दिनुभयो । यस्तै, स्थानीय मैया पराजुलीले सुदिप अत्यन्त मिलनसार रहेको बताउँदै घटना सुनेपछि गाउँ नै शोकमा परेको बताउनुभयो ।

spot_img

ताजा समाचार

सहिद दिवसमा चक्रपथ परिक्रमा

काठमाडौं । सहिद दिवस २०८२ को अवसरमा पैदलयात्रीले शुक्रबार काठमाडौं चक्रपथ (रिङरोड) परिक्रमा गर्नुभएको...

क्युबालाई तेल आपूर्ति गर्ने देशमाथि ट्रम्पको कर धम्की

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबालाई तेल बेच्ने वा आपूर्ति गर्ने देशबाट आयात...

‘स्मार्ट रिफ्रेस सेन्टर’ अलपत्र

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले पूर्वपश्चिम राजमार्गको चन्द्रौटासहित पाँच स्थानमा करोडौं लगानीमा निर्माण सुरु...

भेनेजुएलाको तेल क्षेत्रमा निजीकरणको बाटो खुल्यो

काठमाडौं । भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले बिहीबार देशको तेल उद्योग सुधार सम्बन्धी नयाँ...