जलजलामा कोल्ड स्टोर निर्माण सुरु

Published on

काठमाडौँ । किसानले उत्पादन गरेको कृषि उपजको भण्डारणका लागि जलजला गाउँपालिकाले कोल्ड स्टोर निमाण सुरु गरेको छ । म्याग्दी, पर्वत र बागलुङका किसानहरुलाई लक्षित गरी जलजला गाउँपालिका ८ डमुवाखोलामा कोल्ड स्टोर (चिस्यानगृह) बनाउन थालिएको हो । कोल्ड स्टोर निर्माण भएपछि कृषि उपजले उचित मुल्य पाउने विश्वास गरिएको छ । प्रदेश सरकारको विशेष अनुदान र गाउँपालिकाको बजेटबाट करिब एक करोड लगानीमा चिस्यानगृह बनाउन सुरु गरिएको गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्यले जानकारी दिनुभयो । कोल्ड स्टोर निर्माण भएपछि जललजलाका साथै बेनी, बागलुङ र कुश्मा नगरपालिकाका कृषकहरुले लाभ लिने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘जलजला गाउँपालिकाले सञ्चालन गरेको बिउ आलु प्रवर्धन कार्यक्रम मार्फत उत्पादन भएको आलु हाल पोखराको चिस्यानगृहमा लगेर भण्डारण गरिँदै आएको छ । यस वर्ष पाँच हजार बोरा बिउ आलु भण्डारणका लागि पोखराको चिस्यानगृहमा लगिएको छ । पालिकामै चिस्यानगृह बनेपछि गुणस्तरीय बिउ आलु भण्डारण गर्न सहज हुने छ ।’’ कोल्ड स्टोर निर्माण भएपछि पालिकाका किसानहरुले उत्पादन गरेको सुन्तला,आलु लगायतका कृषि उपज भण्डारण गरी बेमौसममा निकालेर बिक्री गर्दा किसानलाई फाइदा हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । एक करोड २७ लाख ६७ हजार चार सय ४० लागत अनुमान गरिएको चिस्यानगृह निर्माणका लागि २०८१ मंसिर २६ गते मार्क कन्ट्रक्सन एन्ड सप्लायर्स ले ९९ लाख ९६ हजार नौ सय १६ रुपियाँमा ठेक्का सम्झौता गरेको थियो ।

आगामी असार मसान्तभित्र चिस्यानगृह बनाउने सम्झौता गरेको निर्माण कम्पनीले जग्गा व्यवस्थापन र जमिनमुनीको संरचना निर्माण सकेको जलजला गाउँपालिकाका इन्जिनियर सुनिल बानियाँले बताउनुभयो । ४७ मेट्रिक्टन क्षमताको चिस्यानगृहमा कृषि उपज भण्डारणका लागि आवश्यक वातावरण अनुकुल हुने उपकरण जडान गरिने उहाँले बताउनुभयो। चिस्यानगृह बनाउन चालु आर्थिक वर्षमा जलजला गाउँपालिकाले ९० लाख बजेट विनियोजन गरेको छ भने गण्डकी प्रदेश सरकारले विशेष अनुदान शिर्षकमा ४० लाख रुपियाँ प्राप्त भएको गाउँपालिका उपाध्यक्ष दिपक आचार्यले बताउनुभयो । कोल्ड स्टोर निर्माणका लागि गत वर्ष गाउँपालिकाले साढे दुई रोपनी जग्गा खरिद गरेको थियो ।

spot_img

ताजा समाचार

बाढीपीडितप्रति ऐक्यबद्धता जनाउँदै काठमाडौं शिक्षालयको साइकल र्‍याली

काठमाडौँ - संविधान दिवसको अवसरमा बाढीपहिरो प्रभावितप्रति ऐक्यबद्धता जनाउँदै तथा वातावरण संरक्षणसम्बन्धी जनचेतना अभिवृद्धि...

नेक्सस कबड्डी कपको दोस्रो संस्करणअन्तर्गत सेमिफाइनलका खेलहरू सम्पन्न, भोलि फाइनल खेल हुने

काठमाडौं – नेक्सस इन्टरनेशनल स्कुलको आयोजनामा भइरहेको ‘नेक्सस कबड्डी कप २०८३’ को दोस्रो संस्करणअन्तर्गत सेमिफाइनलका...

कांग्रेसको वडा अधिवेशन सुरु, अधिवेशनमा सहभागी हुन आग्रह

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वडा तहको अधिवेशन आजदेखि सुरु भएको छ। कांग्रेसले...

आज संविधान दिवस मनाइँदै

काठमाडौं । आज विभिन्न कार्यक्रम आयोजना गरी संविधान दिवस मनाइँदै छ। जनताबाट निर्वाचित प्रतिनिधिहरूमार्फत...