प्रकृतिलाई बिगारेर आफै जोखिम ननिम्त्याऔँ: लेखक

Published on

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले प्रकृतिलाई बिगारेर आफैँ जोखिम निम्त्याउन नहुनेमा जोड दिनुभएको छ । शुक्रबार ललितपुर महानगरपालिकाद्वारा आयोजित ‘ललितपुर मेट्रोपोलिटियन सिटी रेजिलियन्स फेयर’ लाई सम्बोधन गर्नुहुँदै गृहमन्त्री लेखकले विगतमा भोगेको विपद् र तिनले पुर्‍याएको जनधनको क्षतिका साथै पुर्‍याएको पीडा स्मरण गर्न कार्यक्रम भएको बताउँदै आगामी दिनमा भूकम्प लगायतका विपद्बाट हुने जोखिम न्यूनीकरण गर्न ध्यानपूर्वक काम गर्नुपर्नेमा जोड दिनुभयो ।
“हाम्रो नियतका कारण प्रकृतिलाई बिगार्यौं भने हामी आफैँ जोखिममा पर्छौँं ” उहाँले भन्नुभयो–“ हामीले निर्माण भौतिक संरचना मजबुत हुन जरुरी छ, प्रकृतिलाई सुरक्षित राख्न जरुरी, विपद्मा खोज उद्धार र राहतका प्रतिकार्य गर्न जरुरी छ, विगतका दुःख र पीडालाई सम्झेर भविष्यमा जोखिमबाट बच्च हरेक दिन तयारी गर्नुपर्छ ।”

गृहमन्त्री लेखकले विपद्पछिको पुनःनिर्माण, खोज, उद्धार र राहतका कार्यमा ललितपुर महानगरले अनुकरणीय काम गरेको छ भन्दै प्रशंसा गर्नुभयो ।“पुनःनिर्माणमा दातृ संस्थाबाट धेरै सहयोग प्राप्त गरेका छौँ, ललितपुर महानगरले विपद् व्यवस्थापनमा अनुकरणीय काम गरेको छ, हामी जोखिमपूर्ण भूभागमा छौँ, बाढीपहिरोको विषयमा पूर्वानुमान गर्न सकिन्छ, तर भूकम्पको पूर्वानुमान गर्न सकिँदैन, तसर्थ भूकम्प जतिसुकै बेला पनि आउन सक्छ भनेर तयारी गर्नुपर्ने छ ।” उहाँले भन्नुभयो ।

गृहमन्त्री लेखकले विपद्मा सञ्चार माध्यमको भूमिका महत्वपूर्ण रहेको भन्दै प्रशंसा गर्नुभयो । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले नेपालमा दुई सय ९३ बाट स्थानीय नगरपालिकामध्ये विपद् व्यवस्थापनमा ललितपुर महानगर अब्बल छ भन्ने दाबी गर्नुभयो । “एउटै छानामुनी विपद्का सम्पूर्ण सामग्रीको व्यवस्थापन गरेका छौँ, विपद्मा चार मिनेटभित्रै महानगरबाट सेवा प्रदान गर्छौँं, यो हामीले काम पनि गरिहेका छौँ।” उहाँले भन्नुभयो ।

spot_img

ताजा समाचार

मानिस हराएको सूचना: हराएको एक हप्ता पुग्न लाग्यो, बहादुर चन्द अझै सम्पर्कविहीन

महेन्द्रनगर, चैत ९ गते ।  । बैतडी जिल्ला पञ्चेश्वर गाउँपालिका वडा नं. ४ निङ्गलाड...

गृहमन्त्रीद्वारा कर्मचारी र सुरक्षा निकाय सम्मानित

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न महत्त्वपूर्ण भूमिका निर्वाह...

दाङमा बरघरको अन्तर प्रदेश सम्मेलन हुने

काठमाडौं । दाङमा थारू समुदायको प्रथाजनित संस्था मटाँवा, बरघरहरूको सम्मेलन हुने भएको छ ।...

नदीमा बेपत्ता भएका किशोर मृत फेला

काठमाडौं । पौडी खेल्ने क्रममा तिनाउ नदीमा बेपत्ता भएका दुई जना भारतीय किशोरमध्ये एक...