प्रधानमन्त्रीसँग एनआरएनए अस्ट्रेलियाका अध्यक्ष पोख्रेलको भेटघाट

Published on

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अस्ट्रेलियाका अध्यक्ष अनिल पोख्रेलले भेटघाट गर्नुभएको छ । गए राति प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा नेपालमा गैरआवासीय नेपालीहरू नेपालमा लगानी बढाउन चाहेको र त्यसका लागि लगानीमैत्री वातावरण बनाउने विषयमा छलफल भएको अध्यक्ष पोख्रेलले जानकारी दिनुभयो । “प्रधानमन्त्रीसँग नेपाली समुदायले अस्ट्रेलियाको अर्थतन्त्रमा गरेको योगदानका साथै त्यहाँ रहेका नेपाली समुदायले नेपालको अर्थतन्त्रमा पारेको प्रभावका विषयमा चर्चा भयो”, अध्यक्ष पोख्रेलले भन्नुभयो । त्यसअवसरमा व्यापार तथा लगानी प्रवर्धन फ्रेमवर्कको सदुपयोग, दुई देशबिचको द्विपक्षीय सम्बन्ध विस्तार तथा उच्च तहको भ्रमणका विषयमा पनि छलफल भएको उहाँले बताउनुभयो । अध्यक्ष पोख्रेलका अनुसार एनआरएनएको एकीकृत वार्षिक साधारणसभा आयोजना गर्ने विषयमा पनि प्रधानमन्त्रीसँग कुराकानी भएको थियो । रासस

spot_img

ताजा समाचार

मानिस हराएको सूचना: हराएको एक हप्ता पुग्न लाग्यो, बहादुर चन्द अझै सम्पर्कविहीन

महेन्द्रनगर, चैत ९ गते ।  । बैतडी जिल्ला पञ्चेश्वर गाउँपालिका वडा नं. ४ निङ्गलाड...

गृहमन्त्रीद्वारा कर्मचारी र सुरक्षा निकाय सम्मानित

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न महत्त्वपूर्ण भूमिका निर्वाह...

दाङमा बरघरको अन्तर प्रदेश सम्मेलन हुने

काठमाडौं । दाङमा थारू समुदायको प्रथाजनित संस्था मटाँवा, बरघरहरूको सम्मेलन हुने भएको छ ।...

नदीमा बेपत्ता भएका किशोर मृत फेला

काठमाडौं । पौडी खेल्ने क्रममा तिनाउ नदीमा बेपत्ता भएका दुई जना भारतीय किशोरमध्ये एक...