प्रदेश सरकारको लगानीमा आठ पुल बन्ने

Published on

काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकारको लगानीमा कैलालीमा थप आठ वटा पुल बन्ने भएको छ । चालु आर्थिक वर्षदेखि पुल निर्माणको प्रक्रिया अगाडि बढाइएको हो । आठ वटै पुल निर्माणका लागि ठेक्का आह्वान गरिएको छ । जिल्लाको विभिन्न पालिकामा पुल निर्माणका लागि ठेक्का आह्वान भएको पूर्वाधार विकास कार्यालयका सूचना अधिकारी इन्जिनियर विनोद खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार ठेक्का भर्खरै आह्वान भएकाले मूल्याङ्कन, छनोट प्रक्रिया टुङ्ग्याउन केही महिना लाग्ने छ ।

पूर्वाधार विकास कार्यालयले बहुवर्षीय आयोजनाको रूपमा गोदावरी नगरपालिका–२ र ४ जोड्ने भालु खोला पुल, गौरीगङ्गा नगरपालिकाको कान्तिपुर–पहरेनी मोटरेबल पुल, जोशीपुर गाउँपालिका–५ पक्की पुलको ठेक्का आह्वान गरेको छ । यस्तै, चुहादेखि तोरीपुर जाने पथरैया नदी सडक पुल, कैलारी गाउँपालिका–७ रामपुर कटैनी नदी मोटरेबल पुल, धनगढी उपमहानगरपालिका–१८–धर्मापुर गदरिया मोटरेबल पुलको ठेक्का आह्वान गरिएको छ । मोहन्याल गाउँपालिकाको चिसापानी–सोल्टा रोडमा पर्ने बादे खोला र सोही रोडमा पर्ने सागुरे खोला मोटरेबल पुलको पनि ठेक्का आह्वान भएको सूचना अधिकारी खड्काले जानकारी दिनुभयो ।

यी पुलहरू निर्माणका लागि प्रदेश सरकारले चालु आर्थिक वर्षमा १५ करोड ३९ लाख रुपियाँ बजेट छुट्टयाएको छ । यद्यपि, ठेक्का प्रक्रिया भर्खरै सुरुवात भएकाले छुट्याइएको बजेट खर्च हुने सम्भावना न्यून छ । चालु आर्थिक वर्षभित्र ठेक्का सम्झौता भएमा १० प्रतिशत बजेट खर्च हुने र बाँकी बजेट फिर्ता जाने सूचना अधिकारी खड्काले बताउनुभयो । “ठेक्का सम्झौता भएपछि निर्माण कम्पनीले १० प्रतिशत रकम पेश्की पाउँछन्”, उहाँले भन्नुभयो । यसैबिच, भौतिक पूर्वाधार विकास कार्यालयले सात वर्षको अवधिमा कैलालीमा १८ वटा पुल निर्माण गरेको छ । सो कार्यालयले ५८ करोड ७६ लाख रुपियाँ लागतमा त्यति पुल निर्माण गरेको हो ।

२०७३ मा बहुवर्षीय ठेक्का लागेको गोदावरी नगरपालिकाको भालु खोला पुल, २०७४ मा ठेक्का लागेको लम्कीचुहा नगरपालिकास्थित चौरी नदी पुलको काम सम्पन्न भइसकेको छ । यसैगरी, २०७६ मा ठेक्का भएको घुरहा पुल, घोडाघोडीको ताल खोला पुल, सेहरी बल्मी पुल, कैलारीको डम्मरा–बन्दरगौढी पुल, कान्द्रा नदी पुल, जोशीपुर–जानकी गाउँपालिका जोड्ने बरिगाउँ पुल, चुरे गाउँपालिकाको निगाली पुल, गौरीगङ्गा नगरपालिकाको मसुरिया–गदरिया पुल बनिसकेको छ । यस्तै, २०७७ मा ठेक्का भएका गोदावरी नगरपालिकाको बाका खोला पुल, कुटी बछेडा पुल, चिसापानी सोल्टा सडक अन्तर्गत कौरा खोला पुल, चाक्ले खोला पुल र बर्दगोरिया गाउँपालिकाको घैला खोला पुल बनिसकेका छन् । २०७७ मा ठेक्का भएका पाँच वटा पुल भने अलपत्र अवस्थामा रहेका जनाइएको छ ।

spot_img

ताजा समाचार

मानिस हराएको सूचना: हराएको एक हप्ता पुग्न लाग्यो, बहादुर चन्द अझै सम्पर्कविहीन

महेन्द्रनगर, चैत ९ गते ।  । बैतडी जिल्ला पञ्चेश्वर गाउँपालिका वडा नं. ४ निङ्गलाड...

गृहमन्त्रीद्वारा कर्मचारी र सुरक्षा निकाय सम्मानित

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न महत्त्वपूर्ण भूमिका निर्वाह...

दाङमा बरघरको अन्तर प्रदेश सम्मेलन हुने

काठमाडौं । दाङमा थारू समुदायको प्रथाजनित संस्था मटाँवा, बरघरहरूको सम्मेलन हुने भएको छ ।...

नदीमा बेपत्ता भएका किशोर मृत फेला

काठमाडौं । पौडी खेल्ने क्रममा तिनाउ नदीमा बेपत्ता भएका दुई जना भारतीय किशोरमध्ये एक...