नारच्याङमा रेलेखोला जलविद्युत आयोजना निर्माण

Published on

काठमाडौँ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा छ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ । आयोजनाको पूर्वाधार निर्माण सकेर परीक्षण थालिएको हो । जलविद्युत् आयोजनामा निर्माण हुने सम्पूर्ण भौतिक पूर्वाधारहरू निर्माण सकेर परीक्षण थालेको आयोजनाका जनसम्पर्क अधिकृत होमनाथ पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार वैशाख महिनाभित्रमा विद्युत् उत्पादन सुरु गर्ने तयारी गरिएको छ । उहाँले भन्नुभयो, ‘‘बाँधदेखि विद्युत् गृहसम्म पानी ल्याउन जडान भएको पाइपलाइनमा पानी भरेर प्राविधिक टोलीबाट परीक्षण थालिएको छ । भौतिक संरचना निर्माण र उपकरण जडानको काम सकेर विद्युत् परिक्षणको काम अन्तिम चरणमा पुगेको छ ।”

निर्माण कम्पनीले खोप्रालेकको फेदी कालोखोलामा बाँध, ५०/५० मिटर लामा दुई वटा पानी थिग्राउने पोखरी डसेन्डेर, रेलेखर्कमा विद्युतगृह निर्माण र बाँधदेखि विद्युत गृहसम्म तीन हजार छ सय मिटर लामो पाइपलाइन जडान गरेको आयोजनाका जनसम्पर्क अधिकृत पाण्डेले बताउनुभयो । रेलेखर्कको विद्युतगृह, स्विचयार्ड र दाना सब स्टेसन जोड्ने ३३ केभी क्षमताका पाँच किलोमिटर प्रसारण लाइन निर्माण भएको छ । पाँच सय पाँच मिटर माथिबाट विद्यृतगृहमा पानी खसालेर विद्युत् उत्पादन गर्ने संरचना निर्माण र उपकरण जडान भएको छ ।

दुई वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित २०७९ मा निर्माण सुरु भएको आयोजनाको कालोखोलामा निर्माण भएको बाँध र इन्टेकमा २०८१ जेठ १५ गते आएको बाढीले क्षति पुर्‍याउँदा कार्यतालिका प्रभावित बनेका हो । अस्थायी बाँध बनाएर डिसेन्डरमा पानी खसालेर आयोजना सञ्चालन गर्न लागिएको जनसम्पर्क अधिकृत पाण्डेले बताउनुभयो । एक अर्ब २० करोड लागत अनुमान गरिएको आयोजनामा हिमालयन र राष्ट्रिय वाणिज्य बैँकले ऋण लगानी गरेका छन् । यस आयोजनाले नारच्याङको बेँसीगाउँदेखि लेकगाउँ हुँदै बाँध र विद्युतगृह निर्माण स्थलसम्म १७ किलोमिटर पहुँचमार्ग बनाएको छ ।

ताजा समाचार

नागरिकताका लागि भौँतारिँदै सोभिता जन्मदर्ता नहुँदा शिक्षाबाट वञ्चित

काठमाडौँ । सप्तरीको विष्णुपुर गाउँपालिका–४ स्थित कनकट्टा निवासी ३० वर्षीय सोभिताकुमारी सदाको राजविराज नगरपालिका–११...

नागरिकता प्रमाणपत्र नभएकाले सामाजिक सुरक्षा भत्ता पाउँदैनन् : मन्त्री सुडी

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले नागरिकता प्रमाणपत्र नभएकाहरुले सामाजिक...

धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्नु हुँदैन: लेखक

गृहमन्त्री रमेश लेखकले कुनै पनि धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्न नहुने...

भुइँचालो डाँडामा ३० फिटको बुद्धको प्रतिमा निर्माण

काठमाडौँ । बनेपा नगरपालिकाको ऐतिहासिक सहर नालास्थित भुइँचालो डाडाँमा ३० फिट अग्लो बुद्धको प्रतिमा...