गुल्मीको मरभुङ्गमा गोठ जल्दा १२ पशुचौपाया मरे

Published on

काठामाडौँ । गुल्मीको मरभुङ्गमा आइतबार बिहान गोठमा आगलागी हुँदा १२ वटा पशुचौपायाको जलेर मृत्यु भएको छ । मालिका गाउँपालिका–८ किलिबाङका तुलबहादुर घर्तिको ढुङ्गा माटोले बनेको गोठमा आगलागी हुँदा एक भैंसी र पाडीसहित खोरमा रहेका १० बाख्रा जलेर मरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुले जानकारी दिनुभयो । यसैगरी, खोरमा रहेका चार बाख्रा जलेर घाइते छन् । घटना लगत्तै मरभुङ्ग प्रहरीचौकीबाट प्रहरी सहायक निरीक्षक दिपक शाहको कमाण्डमा पुगेको प्रहरी टोली र स्थानीयले आगो नियन्त्रणमा लिएको सारुले बताउनुभयो । गोठ र बाख्राको खोर पूर्णरुपमा जलेर नष्ट भए पनि मानविय क्षति नभएको प्रहरीले जनाएको छ ।

spot_img

ताजा समाचार

पाकिस्तानद्वारा आतङ्कवाद उन्मूलन गर्ने प्रतिवद्धता

काठमाडौं । पाकिस्तानका विदेश मन्त्री इशाक दारले सोमबार अफगानिस्तानसँगको अस्थायी युद्धविरामको अन्तिम समयमा पाकिस्तान...

विश्व बजारमा दक्षिण कोरियाका उत्पादनको उच्च माग

काठमाडौं । दक्षिण कोरियाको निर्यात मार्च महिनाका पहिलो २० दिनमा गत वर्षको सोही अवधिसँग...

उपल्लो मुस्ताङमा विदेशी पर्यटकले एकल पदयात्रा गर्न पाउने

काठमाडौं । मुस्ताङको अर्ध–निषेधित क्षेत्रमा विदेशी पर्यटकले अब एकल पदयात्रा गर्न पाइने भएको छ...

डेढ वर्षदेखि चिकित्सकविहीन पाटन भेटेरिनरी अस्पताल, सेवा प्रभावित

काठमाडौं । बैतडीको पाटनस्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र डेढ वर्षदेखि पशु...