भारत र पाकिस्तानी सेनाबिच कश्मीरमा गोली हानाहान

Published on

काठमाडौँ । आणविक–शक्ति सम्पन्न प्रतिद्वन्द्वीहरूबिचको सम्बन्ध वर्षौंदेखिको सबैभन्दा निम्न स्तरमा झरेको बेला पाकिस्तान र भारतका सेनाहरूले विवादित कश्मीरमा लगातार तेस्रो रातसम्म गोली हानाहान गरेको अधिकारीहरूले आइतबार बताएका छन् । भारतले पाकिस्तानमाथि विवादित मुस्लिम बहुल कश्मीरमा एक चौथाइ शताब्दीदेखि नागरिकहरूमाथि भएको सबैभन्दा खराब आक्रमण गर्ने बन्दुकधारीहरूलाई ‘सीमापार आतङ्कवाद’ समर्थन गरेको आरोप लगाएको छ । इस्लामाबादले कुनै पनि संलग्नतालाई अस्वीकार गरेको छ र पाकिस्तानलाई आक्रमणसँग जोड्ने प्रयासहरूलाई ‘तुच्छ’ भन्दै कुनै पनि भारतीय कारबाहीको जवाफ दिने प्रतिज्ञा गरेको छ ।

भारतीय सुरक्षा बलहरूले अप्रिल २२ मा पहलगाममा पर्यटकीय स्थलमा २६ पुरुषको हत्या गर्नेहरूको ठुलो खोजी अभियान सुरु गरेका छन् र प्रहरीले फरार बन्दुकधारीहरू मध्ये दुई पाकिस्तानी नागरिकको नाम दिएको छ । भारतीय सेनाले आइतबार दुई देशलाई विभाजन गर्ने नियन्त्रण रेखा (एलओसी) मा ‘पाकिस्तानद्वारा सुरू गरिएको’ साना हतियारहरूको ‘अनावश्यक’ गोली हानाहान भएको जनाएको छ । “(हाम्रा) आफ्नै सैनिकहरूले उपयुक्त साना हतियारहरूको गोलीबारीसहित प्रभावकारी ढङ्गले जवाफ दिए”, भारतीय सेनाले भनेको छ । पाकिस्तानले अहिलेसम्म पछिल्लो गोलीबारीको पुष्टि गरेको छैन ।

आक्रमणपछि नयाँदिल्लीले पानी बाँडफाँट सन्धि स्थगित गरेको छ, पाकिस्तानसँगको मुख्य भूमि सीमा क्रसिङ बन्द गर्ने घोषणा गरेको छ, कूटनीतिक सम्बन्ध कम गरेको छ र पाकिस्तानीहरूका लागि भिसा फिर्ता लिएको छ । जवाफमा इस्लामाबादले भारतीय कूटनीतिज्ञ र सैन्य सल्लाहकारहरूलाई निष्कासन गर्न आदेश दिएको छ, सिख तीर्थयात्रीहरू बाहेक भारतीय नागरिकहरूका लागि भिसा रद्द गरेको छ र आफ्नो तर्फबाट मुख्य सीमा क्रसिङ बन्द गरेको छ । संयुक्त राष्ट्रसङ्घले कट्टर प्रतिद्वन्द्वी भारत र पाकिस्तानलाई ‘अधिकतम संयम’ देखाउन आग्रह गरेको छ ताकि मुद्दाहरू ‘अर्थपूर्ण आपसी संलग्नताको माध्यमबाट शान्तिपूर्ण रूपमा समाधान गर्न सकियोस् ।’ रासस/एएफपी

ताजा समाचार

पालिका भित्रका वडाहरु मध्ये हाम्रो वडा फरक छ

स्थानीय सरकारले जनताको अपेक्षाहरु पुरा गरेको हुन्छ । सबै जनताहरु स्थानीय सरकारकै मुख ताकेर...

जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सगरमाथा संवाद महत्त्वपूर्ण

काठमाडौँ । नेकपा (एमाले) केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले सगरमाथा संवादलाई सफल बनाउने...

भारत र पाकिस्तानले एक अर्काका कुटनीतिज्ञलाई २४ घण्टाभित्र देश छोड्न आदेश

काठमाडौँ । पाकिस्तान र भारतले मङ्गलबार एक–एक जना कूटनीतिज्ञलाई आफ्नो देशबाट निष्काशन गर्ने घोषणा...

आइसिसी विश्वकप लिग–२ : नेपाली टोलीको बिदाइ

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खला खेल्न...