‘आठौँ तह बराबरको भत्ता नदिदासम्म आन्दोलन रोकिन्न’

Published on

काठमाडौैँ । आइतबार पनि निजी मेडिकल कलेजका आवासीय चिकित्सकको आन्दोलन जारी छ । चिकित्सा शिक्षा आयोगको १६ औँ पूर्ण बैठकले गरेको निर्णय कार्यान्वयनको माग गर्दै एक महिनादेखि आवासीय चिकित्सक आन्दोलनमा छन् । आज पनि आवासीय चिकित्सकले बिजुलीबजार पुलबाट र्‍याली निकाल्दै माइतीघर पुगेको स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिका संयोजक डा.शेषराज घिमिरेले जानकारी दिनुभयो । निजी मेडिकल कलेजले आवासीय चिकित्सलाई आठौँ तह बराबरको भत्ता नदिदासम्म आन्दोलन नरोकिने डा।घिमिरेको भनाइ छ ।

चिकित्सा शिक्षा आयोगको १६ औं बैठकमा आवासीय चिकित्सकलाई सरकारी आठौं तह बराबरको निर्वाह भत्ता दिन निर्देशन दिएको थियो । तर निजी मेडिकल कलेजका सञ्चालनकले आठौँ तह सरह भत्ता दिन नसक्ने बताउँदै आएका छन् । शुक्रबार नेपाल चिकित्सक संघले इमर्जेन्सी र संघन उपचार सेवा बाहेकका सबै सेवा ठप्प पार्न देशैभरका चिकित्सकलाई आह्वान गरेको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपाल चिकित्सक संघका सम्पूर्ण कार्यक्रम फिर्ता गर्न अपिल गरेको छ । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले स्वास्थ्य सेवालाई अवरुद्ध हुने गरी कुनै पनि कार्य नगर्न तथा नागरिकले निर्वाध रुपमा स्वास्थ्य सेवा प्राप्त गर्ने अधिकार सुनिश्चताका लागि सक्रियतापूर्वक लाग्न अपिल गर्नुभएको हो । साथै मन्त्रालयले आवासीय चिकित्सकको मनोवल वृद्धि तथा सम्पूर्ण स्वास्थ्यकर्मीलाई सेवा प्रवाहका लागि कार्यस्थलमा सुरक्षित र सहज वातावरण निर्माण गर्न चिकित्सक संघ, निजी मेडिकल कलेज तथा प्रतिष्ठान लगायतसम्बन्धी सबैलाई अनुरोध गरेको छ ।

spot_img

ताजा समाचार

डेढ वर्षदेखि चिकित्सकविहीन पाटन भेटेरिनरी अस्पताल, सेवा प्रभावित

काठमाडौं । बैतडीको पाटनस्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र डेढ वर्षदेखि पशु...

अधुरा सडक छिटो सम्पन्न गर्न निर्देशन

काठमाडौं । सप्तरीका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलको नेतृत्वमा जिल्लाका विभिन्न स्थानमा अनुगमन तथा...

जेनजी आन्दोलनमा ज्यान गुमाएका तीन शहीद परिवारलाई आर्थिक सहयोग हस्तान्तरण

काठमाडौं । गत भदौ २३ र २४ गते काठमाडौँमा भएको जेनजी आन्दोलनका क्रममा निधन...

साउन यता १७ गैंडा मरे

काठमाडौं । चालु आर्थिक वर्षमा १७ वटा गैंडा मरेका छन् । तीमध्ये एउटा विद्युतीय...