जन्डिसको सुइ लगाएको दुई मिनेटमै मृत्यु

Published on

काठमाडौँ । कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ८ का निरजबहादुर शाहीको स्थानीय मेडिकलमा सुई लगाएको दुई मिनेटमा निधन भएको छ । ३५ वर्षीय शाही सोमबार बिहान टाउको दुखेपछि नजिकै रहेको दहित मेडिकलमा पुग्नु भएको थियो । उक्त मेडिकल सञ्चालक ईन्द्र दहित काठमाडौँ गएको अवस्थामा मेडिकलमा कार्यरत ल्याब असिस्टेन्ट महाबिर चौधरीले जन्डिस छ भन्दै सुई लगाएको केही समयमै शाहीको निधन भएको प्रत्यक्षदर्शीले बताउनुभयो । झाडापखालको उपचार गराउन गएका सोही ठेगाना भएका खडक बहादुर साउँदले भन्नुभयो “मलाई सलाइन चढाएपछि निरज भाईलाई एउटा इन्जेक्सन दिइएको थियो । इन्जेक्सन दिने वित्तिकै खोक्न थाल्नुभयो । खोक्दा खोक्दै मुखबाट फिज आयो । एकछिनमा छटपटिन थाल्नुभयो, मुखबाट फिजसहितको लहरा जस्तो फाल्नुभयो ।”

बिरामीको अवस्था एक्कासी छटपटिएको देखेपछि साउँदले के भयो भन्दै प्रश्न गर्नुभयो । चिकित्सकले कसैकसैलाई इन्जेक्सनले यस्तै हुन्छ भन्दै मुखबाट कृतिम श्वास दिने प्रयास गरेपनि उहाँको मृत्यु भइसकेको प्रत्यक्षदर्शी साउँदले सुनाउनुभयो । मृतक शाहीका ससुरा रामबहादुर शाहीले बिहानसँगै खाजा खाएर ज्वाई मेडिकल गएको बताउनुभयो । शाहीले भन्नुभयो “सँगै चिया खाजा खाएर छोराछोरी स्कुल छोडेर टाउको दुखेको छ भन्दै मेडिकल जानुभएको हो । एकै छिनमा मृत्युको खबर सुन्न पर्यो । केहि नभएको मेरो ज्वाईको मृत्यु कसरी भयो रु सुइलगाउने मान्छे किन भाग्यो रु हामिलाई न्याय चाहिन्छ ।”

धिरजको निधन भएको केहि क्षणमै ल्याव असिस्टेन्ट चौधरी भागेका छन् । घटनाको जानकारी गराएलगत्तै ईलाका प्रहरी कार्यालय सुखडबाट आजैमात्र सरुवा भई आउनुभएका कार्यालय प्रमुख एवम् डिएसपी रमेश अवस्थीको नेतृत्वमा १० जना प्रहरी घटनास्थलमा खटिएका छन् । घटना भएलगतै फरार चौधरीको खोजी कार्य भइरहेको मेडिकल सञ्चालक ईन्द्र दहितले जानकारी दिनुभयो । शव पोष्टमार्टमका लागि पठाउने तयारी भएको डिएसपी अवस्थीले जानकारी दिनुभयो । अहिले घटनास्थलमा मृतकका आफन्त तथा स्थानीयको भिडभाड लागेको छ ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...