डेढ करोडभन्दा बढी लगानीको हाटबजार गाडी पार्किङको रुपमा परिणत

Published on

काठमाडौँ । गुल्मीमा डेढ करोडभन्दा बढी लगानीको हाटबजार अहिले सवारी पार्किङ र विद्युतका पोल राख्नेमा प्रयोग भएको छ । सदरमुकाम तम्घासस्थित चारीखोलामा रेसुङगा नगरपालिकाले सञ्चालनमा ल्याएको हाटबजार सवारी साधन र विद्युतका पोल राख्ने कार्यमा प्रयोग भएको हो । साविकको जिल्ला विकास समिति, कृषि कार्यालय र पशुसेवा कार्यालयका साथै नगरपालिकाको गरी कुल डेढ करोडभन्दा बढी लगानी रहेको हाटबजार उद्देश्य अनुसार प्रयोग नभइ गाडी पार्किङको रुपमा परिणत भएको छ । उक्त स्थानमा केही वर्ष पहिले कृषकले उत्पादन गरेका कृषि उपजहरुलाई नगरपालिकाले नै खरिद गरी बिक्री गर्ने गरेको थियो । पछि व्यक्तिलाई हाटबजार सञ्चालनको जिम्मा दिएपनि धेरै समय टिक्न सकेन र अहिले सवारी साधन पार्किङको रुपमा हाटबजार रहेको छ ।

निजी क्षेत्रले हाटबजारलाई सञ्चालन गर्न नसकेकाले हाटबजारलाई नगरले व्यवस्थित गर्न लागेको नगरप्रमुख खिलध्वज पन्थीले बताउनुभयो । विगत केही महिनादेखि हाटबजार सञ्चालनमा नआएको बताउँदै उक्त स्थानमा सुविधा सम्पन्न दुई तले भवन निर्माण गर्न लागेकाले भवन निर्माण पश्चात व्यवस्थित गरी नगरले हाटबजार सञ्चालनमा ल्याउने पन्थीले दाबी गर्नुभयो । यसै आर्थिक वर्षभित्रमा भवन सम्पन्न हुने भएकाले त्यस पश्चात नवनिर्मित भवनमा नयाँ व्यवस्थापनका साथ हाटबजार सञ्चालनमा ल्याएरै छाडने उहाँको भनाइ छ ।

जिल्ला समन्वय समिति गुल्मीको नाममा रहेको उक्त जग्गा ११ वर्षका लागि नगरपालिकाले भोगचलन गर्न पाउने गरी जिल्ला समन्वय समिति र नगरबिच सम्झौता भएको हो । आपसी समझदारीमा अवधि थप गर्न सक्नेसमेत सम्झौता पत्रमा उल्लेख गरिएको छ । प्रत्येक आर्थिक वर्ष सम्पन्न भएको तीन महिना भित्र हाटबजारको आयव्याय विवरण जिल्ला समन्वयलाई बुझाउनुपर्नेछ । प्रतिवेदनका आधारमा नाफा भए नाफाको २५ प्रतिशत नगरपालिकाले समन्वयलाई बुझाउन पर्ने सम्झौतामा उल्लेख गरिएको छ ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...