आइपिएलमा १४ वर्षीय वैभवको सतक कीर्तिमान

Published on

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सका १४ वर्षीय ब्याट्सम्यान वैभव सुर्यवंशीले यतिवेला विश्वभरका क्रिकेट समर्थकको ध्यान खिच्नुभएको छ । १४ वर्षमै आइपिएल खेल्ने खेलाडीको रुपमा चर्चा बटुल्नुभएका वैभवले गुजराज टाइटन्सविरुद्ध सतक प्रहार गरेर अर्को वाहवाही बटुल्नुभएको छ । आइपिएलअन्तर्गत सोमबार राति भएको खेलमा गुजरातविरुद्ध उहाँले एक सय एक रन जोड्दै विश्व कीर्तिमान रच्नुभयो । वैभवको सतक प्रेरित राजस्थान रोयल्सले गुजरात टाइटन्सलाई आठ विकेटले पराजित गर्न सफल भयो । खेलमा पहिलो ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा दुई सय १० रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

दुई सय १० रनको विजयी लक्ष्य पछ्याएको राजस्थानले १५।५ ओभरमा दुई विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो । राजस्थानका लागि वैभवले ३८ बलमा सात चौका र ११ छक्काको सहयोगमा एक सय एक रन बनाउनुभएको हो । उहाँको आइपिएलमा यो पहिलो सतक हो । अर्का ओपनर यशस्वी जैसवालले ४० बलमा ७० रन जोड्नुभयो । पहिलो विकेटका लागि वैभव र यशस्वीले एक सय ६६ रनको साझेदारी गर्नुभएको थियो । यस जितसँगै राजस्थान १० खेलबाट ६ अङ्क बनाएको छ । पराजित गुजरातले शीर्ष स्थानको आरसिबीसँग अङ्क बराबर गर्ने अवसर गुमायो । गुजरातको नौ खेलबाट १२ अङ्क छ । आरसिबी १४ अङ्कसहित शीर्ष थानमा छ । एजेन्सी

ताजा समाचार

नागरिकताका लागि भौँतारिँदै सोभिता जन्मदर्ता नहुँदा शिक्षाबाट वञ्चित

काठमाडौँ । सप्तरीको विष्णुपुर गाउँपालिका–४ स्थित कनकट्टा निवासी ३० वर्षीय सोभिताकुमारी सदाको राजविराज नगरपालिका–११...

नागरिकता प्रमाणपत्र नभएकाले सामाजिक सुरक्षा भत्ता पाउँदैनन् : मन्त्री सुडी

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले नागरिकता प्रमाणपत्र नभएकाहरुले सामाजिक...

धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्नु हुँदैन: लेखक

गृहमन्त्री रमेश लेखकले कुनै पनि धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्न नहुने...

भुइँचालो डाँडामा ३० फिटको बुद्धको प्रतिमा निर्माण

काठमाडौँ । बनेपा नगरपालिकाको ऐतिहासिक सहर नालास्थित भुइँचालो डाडाँमा ३० फिट अग्लो बुद्धको प्रतिमा...