आइपिएलमा १४ वर्षीय वैभवको सतक कीर्तिमान

Published on

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सका १४ वर्षीय ब्याट्सम्यान वैभव सुर्यवंशीले यतिवेला विश्वभरका क्रिकेट समर्थकको ध्यान खिच्नुभएको छ । १४ वर्षमै आइपिएल खेल्ने खेलाडीको रुपमा चर्चा बटुल्नुभएका वैभवले गुजराज टाइटन्सविरुद्ध सतक प्रहार गरेर अर्को वाहवाही बटुल्नुभएको छ । आइपिएलअन्तर्गत सोमबार राति भएको खेलमा गुजरातविरुद्ध उहाँले एक सय एक रन जोड्दै विश्व कीर्तिमान रच्नुभयो । वैभवको सतक प्रेरित राजस्थान रोयल्सले गुजरात टाइटन्सलाई आठ विकेटले पराजित गर्न सफल भयो । खेलमा पहिलो ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा दुई सय १० रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

दुई सय १० रनको विजयी लक्ष्य पछ्याएको राजस्थानले १५।५ ओभरमा दुई विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो । राजस्थानका लागि वैभवले ३८ बलमा सात चौका र ११ छक्काको सहयोगमा एक सय एक रन बनाउनुभएको हो । उहाँको आइपिएलमा यो पहिलो सतक हो । अर्का ओपनर यशस्वी जैसवालले ४० बलमा ७० रन जोड्नुभयो । पहिलो विकेटका लागि वैभव र यशस्वीले एक सय ६६ रनको साझेदारी गर्नुभएको थियो । यस जितसँगै राजस्थान १० खेलबाट ६ अङ्क बनाएको छ । पराजित गुजरातले शीर्ष स्थानको आरसिबीसँग अङ्क बराबर गर्ने अवसर गुमायो । गुजरातको नौ खेलबाट १२ अङ्क छ । आरसिबी १४ अङ्कसहित शीर्ष थानमा छ । एजेन्सी

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...