गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सरकार क्रियाशिल छ : स्वास्थ्यमन्त्री

Published on

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सरकारले नेपाली जनतालाई सहज, सरल र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न अहोरात्र खटिएर काम गरिरहेको बताउनुभएको छ । उहाँले सिकलसेल र थालेसिमिया रोगीहरूलाई सङ्क्रामक रोगबाट जोगाउन भारत सरकारबाट प्राप्त खोप आइतबार नेपालगन्जस्थित भेरी अस्पताललाई हस्तान्तरण गर्दै सो बताउनुभएको हो । मन्त्री पौडेलले पछिल्लो समयमा नेपालका सबैजसो सरकारी अस्पतालहरूको स्वास्थ्य सेवामा उल्लेखनीय सुधार भइरहेको आफुले पाएको जनाउँदै अझै बढी सुधार गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । सरकारी अस्पतालहरुका बारेमा यदाकदा विभिन्न प्रकारका नकारात्मक टिका टिप्पणीहरू सुनिने गरिएको जनाउँदै उहाँले त्यस्ता टिप्पणीरहित सेवा प्रदान गर्न सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मीलाई निर्देशन दिनुभयो ।

सरकारले अस्पतालका भौतिक पूर्वाधार र जनशक्ति बढाउने कुरालाई विशेष प्राथमिकतामा राखेको जनाउँदै मन्त्री पौडेलले तर निकै सिमित बजेट र साधन स्रोतका कारण चाहेर पनि धेरै काम गर्न नसक्ने अवस्था रहेको बताउनुभयो । उहाँले स्वास्थ्य बिमालाई व्यवस्थित गरेर सबैलाई निःशुल्क तथा राम्रो स्वास्थ्य उपचार प्रदान गर्नेतर्फ सरकार गम्भीर भएर लागेको जनाउँदै त्यसमा देशका अन्य सरोकारवाला र स्वास्थ्यसम्बन्धी निकायको पनि सहयोग आवश्यक परेको बताउनुभयो । भेरी अस्पतालमा सिकलसेलको छुट्टै वार्ड सञ्चालन गरिएपछि निकै सहज भएको जनाउँदै मन्त्री पौडेलले सो रोगबाट जोगाउन समुदायमा जनचेतना फैलाउन आवश्यक रहेको कुरामा जोड दिनुभयो । सोही कार्यक्रममा बोल्नुुहुँदै स्वास्थ्य मन्त्रालयका सचिव डा। विकास देवकोटाले मन्त्रालयले आफ्नो क्षमता अनुसार अस्पतालहरूका माग र आवश्यकता पूरा गर्ने हरसम्भव प्रयास गरिरहेको बताउनुभयो । कार्यक्रममा अस्पतालका प्रमुख डा निराजन सुवेदीले पछिल्लो चार महिनामा अस्पतालमा भएका सुधार र उपलब्धिहरूका बारेमा जानकारी दिनुभयो ।

भेरी अस्पताल विकास समितिका अध्यक्ष बिरेन्द्रबहादुर शाहको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा अस्पतालका वरिष्ठ नर्सिंग प्रशासक आशा पण्डित र अस्पताल विकास समितिका सदस्य डा. डक्टप्रसाद धितालले पनि अस्पतालको अवस्थाबारे आ-आफ्नो धारणा राख्नुभएको थियो । सो अवसरमा मन्त्री पौडेल र स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटोले भारतबाट प्राप्त भएको खोपलाई संयुक्त रूपमा भेरी अस्पतालका प्रमुख डा. निराजन सुवेदी र सिकलसेल एनिमिया सोसाइटी नेपालका महासचिव राजमोहन चौधरीलाई हस्तान्तरण गर्नुभयो । सोही अवसरमा मन्त्री पौडेलले भेरी अस्पतालमा सञ्चालनमा ल्याइएको जलन वार्ड र सर्जिकल विङ्गको पनि उद्घाटन गर्नुभयो भने अस्पतालका विभिन्न विभाग र वार्डहरूमा पुगेर निरीक्षण गर्दै बिरामीहरूलाई भेटेर उपचारको अवस्था बारे जानकारी लिनुभएको थियो । भेरी अस्पतालको नयाँ भवनमा सञ्चालनमा आएको ६ शय्याको जलन वार्ड र १४ शय्याको सर्जिकल विङ्गबाट यस क्षेत्रका अग्निपीडित बिरामीको उपचारमा सहजता हुने अस्पताल विकास समितिले जनाएको छ ।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...