स्टाफ कलेज कोर्सले प्रहरीमा असल नेतृत्व निर्माण गर्नेछः गृहमन्त्री लेखक

Published on

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरीमा स्टाफ कलेज कोर्सले प्रहरीमा असल नेतृत्व निर्माण र प्रहरी संगठनलाई असल नेतृत्व प्रदान गर्ने व्यक्ति बनाउन सफल हुने विश्वास व्यक्त गर्नुभएको छ । आइतबार बिहान काठमाडौँ मा स्टाफ कलेज कोर्सको उद्घाटन गर्दै गृहमन्त्री लेखकले स्टाफ कलेज कोर्सले नेपाल प्रहरीको नेतृत्व निर्माणमा असल भूमिका खेल्नेमा जोड दिनुभयो । “आज नेपाल प्रहरीका लागि महत्वपूर्ण र ऐतिहासिक दिन पनि हो । राष्ट्रको सेवामा सर्मपित प्रहरीले गर्दै आएको काम कुरामा एउटा थप राम्रो कामको कुरामा यसलाई लिएको छु ।” गृहमन्त्री लेखकले भन्नुभयो–“ यो कोर्स लागू भएपछि सकारात्मक परिवर्तन आउनेमा आशावादी छु । यो आजको भोलि नै हुने कुरा होइन पाँच/दस वर्ष कुर्नु पर्ने हुनसक्छ ।”

उहाँले स्टाफ कलेज कोर्सले प्रहरीमा व्यवसायिकता, प्रतिबद्ध, पेशाप्रति इमान्दार र कामप्रति सर्मपित, सीप, ज्ञान, क्षमता र दक्षता भएको जनशक्ति उत्पादन हुनेमा आफूले विश्वास लिएको बताउनुभयो । नेपाल प्रहरी पहिलो पटक स्टाफ कलेस कोर्स लागु गरिएको छ । २०७० सालमा प्रहरी निरीक्षकमा भर्ना भएको ब्याचबाट यो कोर्स लागु गरिएको प्रहरीले जनाएको छ । २०७० को ब्याजबाट स्टाफ कलेजको परीक्षामा १७ जना उत्तिर्ण भएका थिए । प्रहरी सेवालाई आधुनिकीकरण गर्ने, नेतृत्व क्षमताको विकास गर्ने, र हाम्रा अधिकृतहरूलाई बदलिँदो सुरक्षा परिवेशसँग जुध्न सक्षम बनाउने एक रणनीतिक कदम पनि हो । नेपाल पुलिस स्टाफ कलेजले विस्तृत पाठ्यक्रममा प्रहरी कार्य सञ्चालन तथा प्रशासन, सार्वजनिक मामिला प्रशासन, अपराध अनुसन्धान तथा सुरक्षा अध्ययन, रूपान्तरणकारी नेतृत्व व्यवस्थापन, सुरक्षा अध्ययनका विविध आयामहरू, फरेन्सिक विज्ञान तथा फरेन्सिक चिकित्सा, विपद् तथा द्वन्द्व व्यवस्थापन लगायतका विषयहरू समावेश छन् ।

गृहमन्त्री लेखकले स्टाफ कलेज लागु गर्ने विषयमा लामो मेहनत भएको बताउँदै यसअघि गृहको कमाण्ड गरेका मन्त्री तथा प्रहरी प्रमुख र नेतृत्वदायी भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन समेत गर्नुभयो । गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरीमा स्टाफ कलेज कोर्सले प्रहरीमा असल नेतृत्व निर्माण र प्रहरी संगठनलाई असल नेतृत्व प्रदान गर्ने व्यक्ति बनाउन सफल हुने विश्वास व्यक्त गर्नुभएको छ । आइतबार बिहान काठमाण्डौंमा स्टाफ कलेज कोर्सको उद्घाटन गर्दै गृहमन्त्री लेखकले स्टाफ कलेज कोर्सले नेपाल प्रहरीको नेतृत्व निर्माणमा असल भूमिका खेल्नेमा जोड दिनुभयो ।

“आज नेपाल प्रहरीका लागि महत्वपूर्ण र ऐतिहासिक दिन पनि हो । राष्ट्रको सेवामा सर्मपित प्रहरीले गर्दै आएको कामकुरामा एउटा थप राम्रो कामको कुरामा यसलाई लिएको छु ।” गृहमन्त्री लेखकले भन्नुभयो–“ यो कोर्स लागू भएपछि सकारात्मक परिवर्तन आउनेमा आशावादीछु । यो आजको भोलि नै हुने कुरा होइन पाँच/दस वर्ष कुर्नु पर्ने हुनसक्छ ।” उहाँले स्टाफ कलेज कोर्सले प्रहरीमा व्यवसायिकता, प्रतिवद्ध, पेशाप्रति इमान्दार र कामप्रति सर्मपित, सीप, ज्ञान, क्षमता र दक्षता भएको जनशक्ति उत्पादन हुनेमा आफूले विश्वास लिएको बताउनुभयो । नेपाल प्रहरी पहिलो पटक स्टाफ कलेस कोर्स लागु गरिएको छ । २०७० सालमा प्रहरी निरीक्षकमा भर्ना भएको ब्याचबाट यो कोर्स लागु गरिएको प्रहरीले जनाएको छ । २०७० को ब्याजबाट स्टाफ कलेजको परीक्षामा १७ जना उत्तिर्ण भएका थिए । प्रहरी सेवालाई आधुनिकीकरण गर्ने, नेतृत्व क्षमताको विकास गर्ने, र हाम्रा अधिकृतहरूलाई बदलिँदो सुरक्षा परिवेशसँग जुध्न सक्षम बनाउने एक रणनीतिक कदम पनि हो ।

नेपाल पुलिस स्टाफ कलेजले विस्तृत पाठ्यक्रममा प्रहरी कार्य सञ्चालन तथा प्रशासन, सार्वजनिक मामिला प्रशासन, अपराध अनुसन्धान तथा सुरक्षा अध्ययन, रूपान्तरणकारी नेतृत्व व्यवस्थापन, सुरक्षा अध्ययनका विविध आयामहरू, फरेन्सिक विज्ञान तथा फरेन्सिक चिकित्सा, विपद् तथा द्वन्द्व व्यवस्थापन लगायतका विषयहरू समावेश छन् । गृहमन्त्री लेखकले स्टाफ कलेज लागु गर्ने विषयमा लामो मेहनत भएको बताउँदै यसअघि गृहको कमाण्ड गरेका मन्त्री तथा प्रहरी प्रमुख र नेतृत्वदायी भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन समेत गर्नुभयो ।

ताजा समाचार

नागरिकताका लागि भौँतारिँदै सोभिता जन्मदर्ता नहुँदा शिक्षाबाट वञ्चित

काठमाडौँ । सप्तरीको विष्णुपुर गाउँपालिका–४ स्थित कनकट्टा निवासी ३० वर्षीय सोभिताकुमारी सदाको राजविराज नगरपालिका–११...

नागरिकता प्रमाणपत्र नभएकाले सामाजिक सुरक्षा भत्ता पाउँदैनन् : मन्त्री सुडी

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले नागरिकता प्रमाणपत्र नभएकाहरुले सामाजिक...

धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्नु हुँदैन: लेखक

गृहमन्त्री रमेश लेखकले कुनै पनि धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्न नहुने...

भुइँचालो डाँडामा ३० फिटको बुद्धको प्रतिमा निर्माण

काठमाडौँ । बनेपा नगरपालिकाको ऐतिहासिक सहर नालास्थित भुइँचालो डाडाँमा ३० फिट अग्लो बुद्धको प्रतिमा...