हुम्लामा कतै तुइन, कतै आकाशे पुल

Published on

काठमाडौँ । हुम्लाका कुनै ठाउँका विद्यार्थीहरूले एउटा सामान्य झोलुङ्गे पुल समेत नपाएर विद्यालय जान समेत प्रभावित भएको बेला मध्ये क्षेत्रको सर्केगाड गाउँपालिका–४ स्थित दुल्ली गाउँ नजिक आकाशे पुल बनाएर बजेट दुरुपयोग भएको छ । सर्केगाड गाउँपालिकाले वडा नम्बर ४ लाई छुट्याइएको बजेट मार्फत उक्त आकाशे पुल बनाएको पाइएको हो । आकाशे पुल लगाएको स्थानमा खासै पुलको आवश्यकता नपर्ने स्थानीय बताउछन् । हुम्ला हालसम्म राष्ट्रिय सडक सञ्जालसँग जोडिएको छैन । तर पनि खार्पुनाथ गाउँपालिकासम्म अस्थायी रुट परमिट बिनै सवारीसाधन सञ्चालन भएका छन् । ती सवारीसाधन जोखिम मोलेर यात्रा गर्न बाध्य भएका हुन् । सलिसल्लादेखि खार्पु खोलासम्म अधिकांश खोलामा पक्की पुल बनाउनु पर्ने आवश्यकता छ ।

कर्णाली नदि वारिपारि गर्नका लागि पक्की पुल बनाउनुपर्ने आवश्यकता छ । यता पक्की पुल त के सामान्य झोलुङ्गे र काठे पुल समेत नहुँदा यहाँका नागरिक सजिलै नदि वारवपार गर्नबाट बञ्चित छन् । एक ठाउँबाट अर्को ठाउँ जान समेत ५र६ घण्टा लगाएर सम्बन्धित स्थानमा पुग्नुपर्ने बाध्यता छ । पुल नहुँदा विद्यार्थीहरूको पठनपाठन समेत प्रभावित हुँदै गएको छ । कुनै गाउँका विद्यार्थी भने जोखिमपूर्ण काठे पुल र तुइनका भरमा विद्यार्थीले आफ्नो ज्यान जोखिम गर्दै विद्यालय जानुपर्ने बाध्यता छ । त्यसैले हुम्ला हालसम्म दुर्गम जिल्लाका रुपमा परिचित छ ।भरखरै सर्केगाडमा निर्माण गरिएको आकाशे पुल अन्य सुविधा सम्पन्न जिल्ला जस्तै हुम्ला पनि सुगम भनेर चिनाएको छ । करीब २५ मिटरको उक्त आकाशे पुल दुई लाखमा निर्माण भएको छ । उक्त विषयमा सर्केगाड गाउँपालिका–४ का वडा अध्यक्ष धनबहादुर छत्यालले गत आ।व।२०८०र०८१ को बजेटले पुल निर्माण गरिएको स्वीकार गर्नुभयो ।

अध्यक्ष छत्यालले मुख्य सडकदेखि दुल्ली प्राथामिक विद्यालयसम्म पुग्नका लागि विद्यार्थीलाई असहज भएको भन्दै विद्यालय व्यवस्थापन समिति र शिक्षकले पटक पटक आकाशे पुलको माग गरेपछि सो पुलको थालनि गरिएको बताउनुभयो । स्थानीयले मुख्य सडक र विद्यालयबिच भागमा पर्ने जग्गामा बाटो दिन नमानेका कारण सो पुलको अवधारणा ल्याएको अध्यक्ष छत्यालको भनाइ छ ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...