हुम्लामा कतै तुइन, कतै आकाशे पुल

Published on

काठमाडौँ । हुम्लाका कुनै ठाउँका विद्यार्थीहरूले एउटा सामान्य झोलुङ्गे पुल समेत नपाएर विद्यालय जान समेत प्रभावित भएको बेला मध्ये क्षेत्रको सर्केगाड गाउँपालिका–४ स्थित दुल्ली गाउँ नजिक आकाशे पुल बनाएर बजेट दुरुपयोग भएको छ । सर्केगाड गाउँपालिकाले वडा नम्बर ४ लाई छुट्याइएको बजेट मार्फत उक्त आकाशे पुल बनाएको पाइएको हो । आकाशे पुल लगाएको स्थानमा खासै पुलको आवश्यकता नपर्ने स्थानीय बताउछन् । हुम्ला हालसम्म राष्ट्रिय सडक सञ्जालसँग जोडिएको छैन । तर पनि खार्पुनाथ गाउँपालिकासम्म अस्थायी रुट परमिट बिनै सवारीसाधन सञ्चालन भएका छन् । ती सवारीसाधन जोखिम मोलेर यात्रा गर्न बाध्य भएका हुन् । सलिसल्लादेखि खार्पु खोलासम्म अधिकांश खोलामा पक्की पुल बनाउनु पर्ने आवश्यकता छ ।

कर्णाली नदि वारिपारि गर्नका लागि पक्की पुल बनाउनुपर्ने आवश्यकता छ । यता पक्की पुल त के सामान्य झोलुङ्गे र काठे पुल समेत नहुँदा यहाँका नागरिक सजिलै नदि वारवपार गर्नबाट बञ्चित छन् । एक ठाउँबाट अर्को ठाउँ जान समेत ५र६ घण्टा लगाएर सम्बन्धित स्थानमा पुग्नुपर्ने बाध्यता छ । पुल नहुँदा विद्यार्थीहरूको पठनपाठन समेत प्रभावित हुँदै गएको छ । कुनै गाउँका विद्यार्थी भने जोखिमपूर्ण काठे पुल र तुइनका भरमा विद्यार्थीले आफ्नो ज्यान जोखिम गर्दै विद्यालय जानुपर्ने बाध्यता छ । त्यसैले हुम्ला हालसम्म दुर्गम जिल्लाका रुपमा परिचित छ ।भरखरै सर्केगाडमा निर्माण गरिएको आकाशे पुल अन्य सुविधा सम्पन्न जिल्ला जस्तै हुम्ला पनि सुगम भनेर चिनाएको छ । करीब २५ मिटरको उक्त आकाशे पुल दुई लाखमा निर्माण भएको छ । उक्त विषयमा सर्केगाड गाउँपालिका–४ का वडा अध्यक्ष धनबहादुर छत्यालले गत आ।व।२०८०र०८१ को बजेटले पुल निर्माण गरिएको स्वीकार गर्नुभयो ।

अध्यक्ष छत्यालले मुख्य सडकदेखि दुल्ली प्राथामिक विद्यालयसम्म पुग्नका लागि विद्यार्थीलाई असहज भएको भन्दै विद्यालय व्यवस्थापन समिति र शिक्षकले पटक पटक आकाशे पुलको माग गरेपछि सो पुलको थालनि गरिएको बताउनुभयो । स्थानीयले मुख्य सडक र विद्यालयबिच भागमा पर्ने जग्गामा बाटो दिन नमानेका कारण सो पुलको अवधारणा ल्याएको अध्यक्ष छत्यालको भनाइ छ ।

ताजा समाचार

पालिका भित्रका वडाहरु मध्ये हाम्रो वडा फरक छ

स्थानीय सरकारले जनताको अपेक्षाहरु पुरा गरेको हुन्छ । सबै जनताहरु स्थानीय सरकारकै मुख ताकेर...

जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सगरमाथा संवाद महत्त्वपूर्ण

काठमाडौँ । नेकपा (एमाले) केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले सगरमाथा संवादलाई सफल बनाउने...

भारत र पाकिस्तानले एक अर्काका कुटनीतिज्ञलाई २४ घण्टाभित्र देश छोड्न आदेश

काठमाडौँ । पाकिस्तान र भारतले मङ्गलबार एक–एक जना कूटनीतिज्ञलाई आफ्नो देशबाट निष्काशन गर्ने घोषणा...

आइसिसी विश्वकप लिग–२ : नेपाली टोलीको बिदाइ

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खला खेल्न...