थारु हस्तकला सङ्कटमा

Published on

काठमाडौँ । थारु समुदायको हस्तकला अहिले सङ्कटमा परेको छ । कुनै बेला हस्तकलाको धनि समुदायको रुपमा चिनिएका थारु समुदाय अहिले भने हस्तकला सङ्कटमा परेको हो । युवा पुस्तामा परम्परागत हस्तकलामा चासो नदिनु र कच्चा पदार्थको अभावले पनि थारु समुदायको हस्तकला सङ्कटमा परेको थारु अगुवाहरु बताउँछन् । पहिला पहिला समय सापेक्ष अनुसार हस्तकलाहरु बनाउने गर्ने गरिन्थ्यो, तर अचेल भने त्यो छैन । ‘ढकिया, भौका, खटौली, खटिया, पटकी गोन्ड्री, ढच्या गोन्ड्री, खोङ्ग्या, डेल्या, हेल्का, हरझौंकी, सिकहर, ब्याना, बेर्रा, बेर्री लगायत थारु जातिको मुख्य हस्तकला हुन्, तर, अचेल यी सवै हराउन थालेका छन् । थारु अगुवा रामप्रसाद चौधरीले भन्नुभयो, “हाम्रो समुदायको आफ्नै मौलिक र पहिचान झल्किने हस्तकाल छन्, तर अहिले सङ्कटमा परेको छ ।”

युवा पुस्तामा चासो नहुने र कच्चमा पदार्थको अभाबले पनि थारु हस्तकला संकटमा परेको उहाँले बताउनुभयो । “थारु समुदायमा महिला र पुरुषले बनाउने फरक फरक हस्तकला छन्”, उहाँले भन्नुभयो, “महिलाले ढकिया भौँका, पटकी खोन्द्री, बेर्रा, ब्याना लगायत बनाउनुहुन्छ भने, पुरुषले ढच्या गोन्ड्री, खटौली, खटिया, खोङ्या, डेल्या, हेल्का, हरझौंकी, सिकहर, बेर्री बनाउने गर्दछन् ।” उहाँले यी हस्तकलालाई व्यवसायिक बनाउन सकेमा सयौं थारु युवा युवतिहरु रोजगारी पाउने बताउनुभयो । थारु हस्तकलाले थारु जातिको पहिचान झलकाउनेसँगै थारु समुदायका सयौं युवाहरु स्वरोजगार बन्न सक्छन्, उहाँले भन्नुभयो, यसको लागि राज्यले ठोस योजना ल्याउन जरुरी छ ।

थारु हस्तकलालाई व्यापकरुपमा प्रचार प्रसार र यसको बजारीकरण गर्न सक्ने हो भने वजारमा यसको मार्केट राम्रो लिन्छ, उहाँले भन्नुभयो, कुन हस्तकला केमा प्रयोग गरिन्छ, यसको महत्व र विशेषतालाई बुझाउन जरुरी छ । अहिले ढकियाको राम्रो बजार लिइरहेको उहाँले बताउनुभयो । जिल्लामा आउने आन्तरिक होस या बाह्य पर्यटक या विभिन्न कार्यक्रममा अहिले थारु समुदायका पहिचान भन्दै मायाको चिनोको रुपमा ढकिया दिने चलनमा आएको छ, जुन आफैमा राम्रो र सह्रायिन काम छ, उहाँले भन्नुभयो, ढकिया जस्तै अन्य हस्तकलालाई पनि प्रवद्र्धन गर्न जरुरी छ । उहाँका अनुसार अहिले एउटा ढकिया न्यूनतम तीन हजार पाँच सयदेखि दश हजारसम्म विक्री भइरहेको छ । ढकिया थारु समुदायको हस्तकला मध्य ब्राण्डको रुपमा पनि चिनिन्छ । ‘विभिन्न कार्यक्रम, पूजापाठको लागि ढकिया चोखो मानिन्छ, उहाँले भन्नुभयो, हेर्दा सुन्दर र आकर्षक अनि बहुउपयोगी हुने भएकोले पनि ढकिया सवैको रोजाइमा परेको हो ।’ ढकिया जस्तै अन्य थारु हस्तकला पनि अति महत्वपूर्ण र बहुउपयोगी भएको उहाँको भनाइ छ ।

ताजा समाचार

नागरिकताका लागि भौँतारिँदै सोभिता जन्मदर्ता नहुँदा शिक्षाबाट वञ्चित

काठमाडौँ । सप्तरीको विष्णुपुर गाउँपालिका–४ स्थित कनकट्टा निवासी ३० वर्षीय सोभिताकुमारी सदाको राजविराज नगरपालिका–११...

नागरिकता प्रमाणपत्र नभएकाले सामाजिक सुरक्षा भत्ता पाउँदैनन् : मन्त्री सुडी

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले नागरिकता प्रमाणपत्र नभएकाहरुले सामाजिक...

धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्नु हुँदैन: लेखक

गृहमन्त्री रमेश लेखकले कुनै पनि धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्न नहुने...

भुइँचालो डाँडामा ३० फिटको बुद्धको प्रतिमा निर्माण

काठमाडौँ । बनेपा नगरपालिकाको ऐतिहासिक सहर नालास्थित भुइँचालो डाडाँमा ३० फिट अग्लो बुद्धको प्रतिमा...