फेकन कार्यकारी सदस्यमा बैतडीका रिजन मडैको उम्मेदवारी

Published on

काठमाडौँ । स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) को कार्यकारी सदस्यका लागि बैतडीका रिजन मडैले उम्मेदवारी दिएका छन्। बैतडीको सुर्नया गाउँपालिका–५ स्थायी घर भएका मडैले यहीँ वैशाख २७ गते हुने फेकनको निर्वाचनमा कार्यकारी सदस्य पदका लागि आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्। हाल काठमाडौंबाट सञ्चालित डायस्पोरा एकेडेमीका संस्थापक तथा कार्यकारी अधिकृत रहेका मडैले संघको सक्रियता र सदस्यहरूको हकहितका लागि आफ्नो उम्मेदवारी दिएको बताएका छन्। “सदस्यहरूको व्यवसायिक क्षमता अभिवृद्धि गर्न र आवाज बुलन्द गर्नका लागि म प्रतिस्पर्धामा उत्रिएको हुँ,” मडैले बताए।

उनले सदस्यहरूको सुझावलाई प्राथमिकतामा राखेर नीति निर्माण तहमा देखिएको समस्या समाधानमा विशेष ध्यान दिने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै, उनले नेपालभित्र मात्र नभई विदेशबाट समेत विद्यार्थीहरू नेपालमा भित्र्याउन सहज वातावरण निर्माण गर्न संघमार्फत पहल गर्ने बताए। हाल आफू संघको साधारण सदस्य रहेको जनाउँदै, आगामी निर्वाचनमा कार्यकारी सदस्यको जिम्मेवारी सम्हाल्न सबै सदस्यसँग सहयोगको अपेक्षा गरेका छन्।

spot_img

ताजा समाचार

सहिद दिवसमा चक्रपथ परिक्रमा

काठमाडौं । सहिद दिवस २०८२ को अवसरमा पैदलयात्रीले शुक्रबार काठमाडौं चक्रपथ (रिङरोड) परिक्रमा गर्नुभएको...

क्युबालाई तेल आपूर्ति गर्ने देशमाथि ट्रम्पको कर धम्की

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबालाई तेल बेच्ने वा आपूर्ति गर्ने देशबाट आयात...

‘स्मार्ट रिफ्रेस सेन्टर’ अलपत्र

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले पूर्वपश्चिम राजमार्गको चन्द्रौटासहित पाँच स्थानमा करोडौं लगानीमा निर्माण सुरु...

भेनेजुएलाको तेल क्षेत्रमा निजीकरणको बाटो खुल्यो

काठमाडौं । भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले बिहीबार देशको तेल उद्योग सुधार सम्बन्धी नयाँ...