पहिरोले अवरुद्ध सडक पुनः सुचारु

Published on

काठमाडौं । शनिबार साँझबाट अबरुद्ध रवि–राँके–भेडेटार सडकखण्ड पुनः सञ्चालनमा आएको छ । अविरल वर्षाका कारण धनकुटाको साँगुरीगढी गाउँपालिका –६ थुम्कीमा शनिवार साँझ पहिरो खस्दा सडक अबरुद्ध भएको थियो । इलाका प्रहरी कार्यालय भेडेटार तथा निर्माणाधीन सडकको ठेकेदार कम्पनीले अबरोध हटाएर सडक सञ्चालन गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । 

सडक कटिङ गरिएको स्थान भिरालो भएकाले माथिबाट निरन्तर पहिरो झरी रहँदा सडक पटक–पटक अबरुद्ध हुनेगरेको साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईले जानकारी दिनुभयो । यो सडक धनकुटाको साँगुरीगढी, चौबिसे तथा पाँचथर पश्चिम दक्षिणी क्षेत्रका बासिन्दाको धरानसहित तराई क्षेत्र आबत–जावत गर्ने मुख्य मार्ग हो । गोरखापत्र

spot_img

ताजा समाचार

देउवा समूहको कांग्रेसको आसन्न १५औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशनको तयारी तीव्र

काठमाडौँ –  नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहको आसन्न १५औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशनको...

कांग्रेस पुरानो पार्टी हो तर फाटेको होइन, यसमा नयाँ जोसका साथ हामी अघि बढ्दै छौँ : शशांक कोइराला

काठमाडौँ – नेपाली कांग्रेस इतर समूहको महाधिवेशन तयारी समितिका संयोजक प्राध्यापक डा. शशांक कोइरालाले...

संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर स्वदेश फर्किए प्रधानमन्त्री शाह

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भई आज स्वदेश फर्किनुभएको...

आज पनि विभिन्न राजमार्ग सञ्चालनमा ल्याउन सकिने अवस्था छैनः प्रहरी

काठमाडौँ - लगातारको वर्षाका कारण देशका मुख्य राजमार्गमा यातायात प्रभावित बनेको छ । वर्षाका...