मुख्यमन्त्री शाहद्वारा प्रदेशको शान्ति सुरक्षाबारे छलफल

Published on

काठमाडौँ । दुई शक्तिशाली राष्ट्र भारत र पाकिस्तानबिच तनाव बढेको बेला सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले शुक्रबार प्रदेशको समग्र सुरक्षा अवस्थाबारे छलफल गर्नुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यमन्त्रीले प्रदेशको समग्र सुरक्षाको अवस्थासहित समसामयिक विषयमा छलफल गर्नुभएको हो । उहाँले सीमा क्षेत्रमा हुने अपराधिक क्रियाकलाप निस्तेज पार्न सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ । यसैगरी, सीमा क्षेत्रमा आवागमनलाई सहज बनाउनु पर्ने मुख्यमन्त्रीको जोड थियो ।

सीमा क्षेत्रमा हुने लागु औषध, चोरीलगायतका आपराधिक घटना नियन्त्रणमा कडाइ गरेको सुरक्षा निकायको तर्फबाट छलफलमा जानकारी गराइएको थियो । यसैगरी, लागु औषध प्रयोगकर्ताभन्दा पनि लागु औषधको कारोबारीलाई पक्राउ गर्न सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाइएको सुरक्षा निकायले जनाएका छन् । छलफल प्रदेश सरकारका मन्त्री, प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक डम्मरबहादुर विक, सशस्त्र प्रहरी नायब महानिरीक्षक प्रदीकुमार पाल, राष्ट्रिय अनुसन्धानका सुदूरपश्चिम प्रदेश निर्देशक बालनरसिंह राणासहित जिल्लास्थित सुरक्षा निकायका प्रमुखको उपस्थिति रहेको थियो ।

spot_img

ताजा समाचार

नेपाल प्रहरीको ३४औँ आईजीपी बने डा. मनोज केसी, दानबहादुर कार्की विशेष सुरक्षा सल्लाहकारमा सरुवा

काठमाडौं । सरकारले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएको छ। मन्त्रिपरिषद्को...

प्रहरी महानिरीक्षक दानबहादुर कार्की पदमुक्त

काठमाडौं । सरकारले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएको छ। मन्त्रिपरिषद्को...

इसराइललाई वार्षिक चार अर्ब डलर सहायता रोक्ने ट्रम्पको घोषणा

  काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इसराइललाई दिँदै आएको वार्षिक करिब चार अर्ब अमेरिकी...

गौरमा युवकलाई लक्षित गरी पाँच राउन्ड गोली प्रहार, अवस्था गम्भीर

रौतहट । रौतहटको सदरमुकाम गौरमा अज्ञात व्यक्तिले गोली चलाउँदा एक युवक गम्भीर घाइते भएका...