कर्णाली देखिने गरी विकास गर्छौं : सञ्चारमन्त्री गुरुङ

Published on

काठमाडौँ । सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले कर्णाली देखिने गरी विकास गरिने बताउनुभएको छ । सोमबार सार्वजनिक सेवा प्रसारण नेपालको आयोजनामा नेपाल टेलिभिजनको कर्णाली प्रदेश ब्युरो उद्घाटन र रेडियो नेपाल प्रादेशिक प्रसारणबाट खस भाषाबाट समाचाार सुभारम्भको उद्घाटन गर्नुहुँदै कर्णाली प्रदेश सुनिने मात्र नभएर देखिने गरी विकास गर्ने बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘‘अहिलेसम्म कर्णाली सुनिने मात्र होइन्, विकट छ भन्ने मात्र होइन । पूर्वाधारमा बलियो बनाउछौँ । जनताले चाहे जसरी कर्णाली देखिने गरी विकास गछौँ ।’’ उहाँले प्रदेश सरकारसँग सहकार्य गरेर कर्णालीको विकासमा सङ्घ सरकारले प्राथमिकताका साथ लाग्ने पनि बताउनुभयो ।

उहाँले सरकार सञ्चार माध्यमहरूले भाषा संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्दै राष्ट्रिय एकताको प्रवर्धनमा पनि काम गरिरहेको बताउनुभयो । रेडियो नेपाल, नेपाल टेलिभिजन, गोरखापत्र र राष्ट्रिय समाचार समितिले जनतालाई केन्द्रित गरेर अघि बढेको उहाँको भनाइ छ । उहाँले यी सञ्चारमाध्यमले देशको समृद्धि र सुशासनको प्रवर्धनमा महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभयो । जनताका लागि सूचना दिने पहिलो दायित्व हो भनेर सार्वजनिक सेवा प्रसारण नेपाललाई अघि बढाएको बताउँदै यसलाई अझै प्रभावकारी बनाइने उहाँले जानकारी दिनुभयो । एनटिभिलाई विश्वसामु पुर्‍याउने यसै वर्ष अंग्रेजी भाषामा प्रसारण गर्ने तयारी गरिएकाले पनि उहाँले जानकारी दिनुभयो । उहाँले कर्णाली प्रदेशले अघि बढाएको डिजिटल प्रदेशको योजनालाई सङ्घले सहकार्य गरेर सहयोग गर्ने पनि बताउनुभयो । खस भाषाको समाचार सुरुवाताले कर्णालीको प्रदेशको भाषा, सांस्कृतिक पहिचान र सञ्चार पहुँचलाई सुद्धृढ गराउने दिशमा यो प्रयास ऐतिहासिक हुने बताउनुभयो । समाचारको पहुँचको समावेशीकरण र स्थानीय भाषामा समाचार प्रवाहले लोकतन्त्रलाई अझै बलियो बनाउने उहाँको भनाइ छ ।

यस्तै कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कंडेलले विकास र समृद्धिका कुरा जनप्रतिनिधि र कर्मचारीको मात्र नभइ सबैको साझा विषय हो भनेर बुझाउन आवश्यक रहेको बताउनुभयो । उहाँले कर्णाली विकट मात्र भएको प्रचार भएकाले भन्दै यहाँको सम्भावना र विकासका गतिविधिहरू पनि प्रचार हुन आवश्यक रहेको भन्दै यसमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण हुने बताउनुयो । उहाँले भन्नुभयो, ‘‘हामी कर्णाली बनाउन लागिरहेका छौँ । कर्णालीको विकास र समृद्धिका लागि सञ्चारमाध्यमको भूमिका छ ।’’

टेलिभिजनको प्रदेश ब्युरो तथा खस भाषाा समाचार सुरु

सार्वजनिक सेवा प्रशारण नेपालअन्तर्गत रेडियो नेपाल प्रादेशिक प्रसारण सुर्खेतबाट खस भाषामा समाचार तथा कार्यक्रम सुरु गरिएको छ । प्रत्येक दिन साँझ ५ः५ देखि ५ः१५ बजेसम्म समाचार प्रसारण हुने छ । समाचारवाचिका अप्सरा विष्टले खस भाषाबाट समाचार सुभारम्भ भएको र नेपाल टेलिभिजनको प्रदेश ब्युरो मन्त्री गुरुङले उद्घाटन गरेको समाचार वाचन गर्नु भएको थियो । योसँगै रेडियो नेपालले २६ भाषामा समाचार प्रसारण गर्छ । खस भाषाको संरक्षण र प्रवर्धनमा सहयोग पुग्ने उद्देश्यले खस भाषामा समाचार तथा कार्यक्रम प्रसारण गरिएको सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्टले जानकारी दिनुभयो । नेपाल टेलिभिजनको प्रदेश ब्युरोले कर्णाली प्रदेश केन्द्रित गरेर समाचार तथा कार्यक्रम उत्पादनममा सहयोग पुग्ने बताउनुभयो । उहाँले सार्वजनिक सेवा प्रसारण नेपाललाई अझै प्रभावकारी बनाइने बताउनुभयो ।

spot_img

ताजा समाचार

आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम जारी

काठमाडौँ । बडादसैँअन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण...

रास्वपा सभापति रवि लामिछाने तीनदिने भ्रमणका लागि भारत प्रस्थान

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीनदिने निजी तथा पारिवारिक भ्रमणका...

तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते

काठमाडौँ । चीनको तिब्बतमा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा १६ जनाको मृत्यु भएको...

कर्मचारीलाई गाडी किन्न ६० लाखसम्म, कर्मचारीले सवारी चलाए चालकको सेवासुविधा दिइने

काठमाडौँ – सरकारी गाडीको खरिद, इन्धन, मर्मत र चालकको तलबमा हुने खर्च घटाउने उद्देश्यले सरकारले...