पुल भाँचिएपछि यात्रुको बिचल्ली, छैन वैकल्पिक मार्ग

Published on

काठमाडौँ । नारायणगढ–बुटवल सडक खण्ड अन्तर्गत नवलपुरको मध्यबिन्दु नगरपालिका–६ चोरमारस्थित गिरूबारी खोलाको पुल भाँचिएपछि यात्रुको बिचल्ली भएको छ । शनिवार राति साढे ८ बजेदेखि पुल भाँचिएर यातायात पूर्ण रूपमा अवरुद्ध भएको हो । भाँचिएको पुल मर्मत गरी सञ्चालन गर्न सम्भव नभएको र नयाँ पुल बनिहाल्ने अवस्थामा नरहेका कारण यात्रुलाई समस्या भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक यादव ढकालले बताउनुभयो । सडक विभागले डाइभर्सन नबनाएसम्म गाडी सञ्चालन गर्न नसकिने उहाँको भनाइ छ । प्रहरी उपरीक्षक ढकालका अनुसार साना तथा हलुका सवारी साधन भने लामो मार्ग भएर गिरुबारीका भित्री सडकबाट पार हुने गरेका छन् भने ठुला बस तथा मालवाहक गाडी बिच बाटोमै रोकिएका छन् । बिहान ५ बजेसम्म दाउन्नेको सडक विस्तारका लागि रोकिएका गाडीहरू ५ बजेपछि छोडिएकाले अव झन् ठुलो जाम हुने जिल्ला ट्राफिक प्रमुख, प्रहरी निरीक्षक जनक बन्जराले बताउनुभयो ।

ओभर लोडले जोखिममा पुल

ओभर लोडका कारण पुल भाँचिएको प्रहरीले जनाएको छ । पुलमा म.प्र.०३–००१ क ३१६३ नं.को (१८ चक्के टेलर) किलिङ्गर (कच्चा पदार्थ) बोकी होङ्सी सिमेन्ट कम्पनीबाट बिरगंजतर्फ जाँदै गरेको टेलर पुलमा हिँड्दै गर्दा पुल भाँचिएको थियो । यसअघि २०७९ साल असारमा पनि ओभर लोडकै कारण पुलको बिच भाग चर्किएको थियो । त्यस बेला तत्कालीन रूपमा मर्मत गरी अस्थायी रूपमा सञ्चालनमा ल्याइएको उक्त पुल पुनः भारी सवारीसाधनको अत्यधिक भारका कारण भाँचिएको हो । प्रहरी उपरीक्षक ढकालका अनुसार ओभरलोडका कारण पुलको एक भागमा क्षति देखिएपछि यातायात अवरुद्ध भएको हो ।

गत पुस २६ गते भारतीय हेवी ट्रक पास हुने क्रममा दुम्किवासस्थित बिनयी खोलाको पुल भाँचिदा ३४ घण्टासम्म पूर्व–पश्चिम राजमार्ग ठप्प भएको थियो । हजारौँ यात्रु अलपत्र पर्नुका साथै खाद्यान्न, औषधि, निर्माण सामग्री ढुवानीसमेत प्रभावित भएको थियो । हाल सो पुल डाइभर्सनमार्फत सञ्चालनमा आए पनि बाढीले दुई पटकसम्म डाइभर्सन बगाइसकेको छ । यसअघि नवलपुरको गैँडाकोटको जय श्री पूल, कावासोतीको लोकाहा पुल, देवचुली दलदलेको बौलाहा खोला पुल भाँचिएका थिए । ५० वर्ष पुराना अधिकांश फलामे पुल जीर्ण अवस्थामा रहेका छन् । यी पुलहरू विगत १० वर्षदेखि मर्मत गर्दै सञ्चालन गर्दै आइरहेको छ । नारायणघाट– बुटवल सडक विस्तारपछि नयाँ पुल बन्ने कारण देखाउँदै अहिले पुरानै पुलबाट सवारी साधनहरू सञ्चालन गर्ने गरिएको छ ।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...