प्रभावकारी बन्दै प्रधानमन्त्री रोजगार : सत्यवतीमा २६ योजना निर्माण हुँदै

Published on

काठमाडौँ । प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी नभएका गुनासाकैबिच सत्यवती गाउँपालिकाले गरेको काम निकै उदाहरणीय रहेको छ । गाउँपालिकाले प्रत्येक वडाबाट योजना छनोट गरेर परिणामनै देखिने गरेर २६ योजनाको काम सय दिनमा गर्ने गरेर अगाडि बढेको छ । वडास्तरबाट आएका सडक, कुलो, सिँचाइ र पदमार्गलगायत सार्वजनिक संरचना ढलान, निर्माण तथा मर्मतको काममा सय दिने रोजगारीका श्रमिक प्रयोग गरिएको सत्यवती गाउँपालिकाको उपाध्यक्ष निरमाया तरामुल बताउनुभयो । प्रभावकारी काम गर्दा आलोचना पनि नहुने र परिणाम पनि देखिने भएकाले गत वर्षदेखिनै वडा–वडाबाट योजना छनोट गरेर व्यवस्थित काम गरिएको गाउँपालिकाका उपाध्यक्ष तरामुले बताउनुभयो ।

सत्यवती गाउँपालिकामा ४५ पुरुष र ३५ महिला गरेर ८० जना प्रधानमन्त्री रोजगारका श्रमिक छन् । गत वर्ष ९५ जना थिए । पुरुष एक हजार ९९ र महिला एक हजार ३६९ गरेर दुई हजार ४६८ जना सूचीकृत भएका थिए । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि गाउँपालिकाले ५० लाख र सङ्घीय सरकारबाट ५३ लाख ५२ हजार रुपियाँ बजेट विनियोजन भएको सत्यवती गाउँपालिकाका रोजगार संयोजक सुवास आचार्यले जानकारी दिनुभयो । गत वर्ष १७ लाख विनियोजन गरेर निर्माणका काम गरिएको थियो । अहिले गाउँपालिकाले निर्माण सामग्री उपलब्ध गराउने र सङ्घीय बजेट मार्फत श्रमिकको पारिश्रमिक खुवाउने आचार्यले बताउनुभयो । ८० जनामध्ये ४० जनालाई चैत ३१ गतेबाट सडक मर्मतका लागि तालिम सञ्चालन भइरहेको छ । श्रमिकले दैनिक ६६८ रुपियाँ ज्याला पाउँछन् । वडामा प्रत्येक समुहको लिडर बनाएर कामको सहजीकरण गर्ने गरिएको छ । वडा मार्फत आएका योजनाको स्टिमेट र मूल्याङ्कन गरेर काम गर्ने गरिएको संयोजक आचार्यले बताउनुभयो । सत्यवती गाउँपालिका–१ मा पाँच, वडा नं २ मा आठ, वडा नं ३ मा १९, वडा नं ४ मा नौ, वडा नं ५ मा सात, वडा नं ६ मा १४, वडा नं ७ मा आठ र वडा नं ८ मा १० जना रहेका छन् ।

प्रभावकारी काम : स्वदेशमै दाम

कामकै सिलसिलामा हात भाँचिएपछि परदेशको सपना गाउँ फर्किनु भएका सत्यवती गाउँपालिका–५ का ३१ वर्षीय शिखम काउचा अहिले प्रधानमन्त्री रोजगार मार्फत सडक ढलालको काम गर्नुहुन्छ । काउचा कामकै सिलसिलामा कुवेतमा हात भाँचिएपछि २०७९ सालमा घर फर्किनुभयो । एयरपोर्टमा कमाइ पनि राम्रो थियो । तर परिस्थितिले गाउँ फर्किएपछि ज्याला मजदुरी गरेर जिविकोपार्जन चलिरहेको थियो । उहाँ चैत १ गतेबाट प्रधानमन्त्री रोजगारअन्तर्गत सय दिनको रोजगारीमा जोडिनु भएको छ । “परदेशमा देखेको सपना पूरा भएन । आफ्नै देशमा काम गर्न लेखेको रहेछ,” उहाँले भन्नुभयो, “स्वदेशमै काम र दाम पाउँदा ठुलो राहत महसुस भएको छ ।” सोही गाउँकै ३९ वर्षीय राधा विकले पनि प्रधानमन्त्री रोजगारमा काम गर्नुहुन्छ । रोजगारीकै लागि भारत पुग्नु भएका श्रीमान कृष्ण विकको ब्लड क्यान्सरले मृत्यु भएपछि १९ वर्षदेखि छोराछोरीसहितको जोहो राधाकै काँधमा छ । गाउँमै खेतीपाती गरेर परिवारको गुजारा चलाउनुभएका विकले सय दिनको रोजगारी पाउँदा गाउँ–गाउँमा सिंहदरबारको महसुस बल्ल भएको बताउनुभयो ।

spot_img

ताजा समाचार

प्रधानमन्त्री कप क्रिकेटः एपिएफले बागमतीलाई दियो २७२ रनको लक्ष्य

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत एपिएफ क्लबले बागमती प्रदेशलाई जितका...

आकासे वर्षाको प्रतीक्षामा आँप किसान

काठमाडौं । धनुषा लगायत तराई मधेशका आँप किसान यतिबेला आकासे वर्षाको प्रतीक्षामा छन् ।...

बैतडीमा आर्थिक गणना कार्यालय स्थापना

काठमाडौं । बैतडीमा दोस्रो आर्थिक गणनाका लागि आर्थिक गणना कार्यालय स्थापना गरिएको छ ।...

प्रशासन कार्यालयबाट करिब दुई हजारलाई सेवा प्रदान

काठमाडौं । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले पछिल्लो एक महिनाको अवधिमा करिब दुई हजार सेवाग्राहीलाई...