बैतडीमा आर्थिक गणना कार्यालय स्थापना

Published on

काठमाडौं । बैतडीमा दोस्रो आर्थिक गणनाका लागि आर्थिक गणना कार्यालय स्थापना गरिएको छ । गोठालापानी बजार नजिकै कार्यालय स्थापना गरी काम अगाडि बढाइएको जिल्ला आर्थिक गणना अधिकारी धर्मानन्द गिरीले जानकारी दिनुभयो। कार्यालय स्थापना भइसकेको र यस महिनाभित्र आवश्यक आन्तरिक तयारी पूरा गरिने उहाँको भनाइ छ । कर्मचारी छनोट प्रक्रिया सम्पन्न भएपछि खटाइने जनशक्तिलाई आवश्यक प्रशिक्षण दिइने छ। प्रशिक्षणपछि वैशाख २ गतेदेखि असार ७ गतेसम्म गणनाका लागि कर्मचारीहरू कार्य क्षेत्रमा परिचालन गरिने अधिकारी गिरीले बताउनुभयो । ‘अर्थतन्त्र मापनका लागि आर्थिक गणना’ नारासहित वैशाख २ गतेदेखि दोस्रो आर्थिक गणना सुरु हुँदैछ। गणनाका लागि बैतडीमा १६ जना गणक र ३ जना सुपरिवेक्षक परिचालन गरिने जनाइएको छ।यस गणनामार्फत आर्थिक गतिविधिसम्बन्धी विस्तृत विवरण सङ्कलन गरिने छ। उद्योग–व्यवसायबाट भएको उत्पादन, रोजगारीको अवस्था, लगानी, सेवा क्षेत्रको स्थिति लगायतका विषय समेटिने कार्यालयले जनाएको छ। साथै उद्योग, व्यापार, सहकारी तथा निजी र सार्वजनिक संस्थाहरूको सङ्ख्या, प्रकार र सेवा प्रवाहसम्बन्धी तथ्याङ्क पनि सङ्कलन गरिने बताइएको छ। गोरखापत्र

spot_img

ताजा समाचार

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...