प्रभावकारी बन्दै प्रधानमन्त्री रोजगार : सत्यवतीमा २६ योजना निर्माण हुँदै

Published on

काठमाडौँ । प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी नभएका गुनासाकैबिच सत्यवती गाउँपालिकाले गरेको काम निकै उदाहरणीय रहेको छ । गाउँपालिकाले प्रत्येक वडाबाट योजना छनोट गरेर परिणामनै देखिने गरेर २६ योजनाको काम सय दिनमा गर्ने गरेर अगाडि बढेको छ । वडास्तरबाट आएका सडक, कुलो, सिँचाइ र पदमार्गलगायत सार्वजनिक संरचना ढलान, निर्माण तथा मर्मतको काममा सय दिने रोजगारीका श्रमिक प्रयोग गरिएको सत्यवती गाउँपालिकाको उपाध्यक्ष निरमाया तरामुल बताउनुभयो । प्रभावकारी काम गर्दा आलोचना पनि नहुने र परिणाम पनि देखिने भएकाले गत वर्षदेखिनै वडा–वडाबाट योजना छनोट गरेर व्यवस्थित काम गरिएको गाउँपालिकाका उपाध्यक्ष तरामुले बताउनुभयो ।

सत्यवती गाउँपालिकामा ४५ पुरुष र ३५ महिला गरेर ८० जना प्रधानमन्त्री रोजगारका श्रमिक छन् । गत वर्ष ९५ जना थिए । पुरुष एक हजार ९९ र महिला एक हजार ३६९ गरेर दुई हजार ४६८ जना सूचीकृत भएका थिए । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि गाउँपालिकाले ५० लाख र सङ्घीय सरकारबाट ५३ लाख ५२ हजार रुपियाँ बजेट विनियोजन भएको सत्यवती गाउँपालिकाका रोजगार संयोजक सुवास आचार्यले जानकारी दिनुभयो । गत वर्ष १७ लाख विनियोजन गरेर निर्माणका काम गरिएको थियो । अहिले गाउँपालिकाले निर्माण सामग्री उपलब्ध गराउने र सङ्घीय बजेट मार्फत श्रमिकको पारिश्रमिक खुवाउने आचार्यले बताउनुभयो । ८० जनामध्ये ४० जनालाई चैत ३१ गतेबाट सडक मर्मतका लागि तालिम सञ्चालन भइरहेको छ । श्रमिकले दैनिक ६६८ रुपियाँ ज्याला पाउँछन् । वडामा प्रत्येक समुहको लिडर बनाएर कामको सहजीकरण गर्ने गरिएको छ । वडा मार्फत आएका योजनाको स्टिमेट र मूल्याङ्कन गरेर काम गर्ने गरिएको संयोजक आचार्यले बताउनुभयो । सत्यवती गाउँपालिका–१ मा पाँच, वडा नं २ मा आठ, वडा नं ३ मा १९, वडा नं ४ मा नौ, वडा नं ५ मा सात, वडा नं ६ मा १४, वडा नं ७ मा आठ र वडा नं ८ मा १० जना रहेका छन् ।

प्रभावकारी काम : स्वदेशमै दाम

कामकै सिलसिलामा हात भाँचिएपछि परदेशको सपना गाउँ फर्किनु भएका सत्यवती गाउँपालिका–५ का ३१ वर्षीय शिखम काउचा अहिले प्रधानमन्त्री रोजगार मार्फत सडक ढलालको काम गर्नुहुन्छ । काउचा कामकै सिलसिलामा कुवेतमा हात भाँचिएपछि २०७९ सालमा घर फर्किनुभयो । एयरपोर्टमा कमाइ पनि राम्रो थियो । तर परिस्थितिले गाउँ फर्किएपछि ज्याला मजदुरी गरेर जिविकोपार्जन चलिरहेको थियो । उहाँ चैत १ गतेबाट प्रधानमन्त्री रोजगारअन्तर्गत सय दिनको रोजगारीमा जोडिनु भएको छ । “परदेशमा देखेको सपना पूरा भएन । आफ्नै देशमा काम गर्न लेखेको रहेछ,” उहाँले भन्नुभयो, “स्वदेशमै काम र दाम पाउँदा ठुलो राहत महसुस भएको छ ।” सोही गाउँकै ३९ वर्षीय राधा विकले पनि प्रधानमन्त्री रोजगारमा काम गर्नुहुन्छ । रोजगारीकै लागि भारत पुग्नु भएका श्रीमान कृष्ण विकको ब्लड क्यान्सरले मृत्यु भएपछि १९ वर्षदेखि छोराछोरीसहितको जोहो राधाकै काँधमा छ । गाउँमै खेतीपाती गरेर परिवारको गुजारा चलाउनुभएका विकले सय दिनको रोजगारी पाउँदा गाउँ–गाउँमा सिंहदरबारको महसुस बल्ल भएको बताउनुभयो ।

ताजा समाचार

इरानमा अमेरिकी आक्रमणपछि सत्ता परिवर्तनको बहस सुरु

काठमाडौं । अमेरिकाले इरानका तीन परमाणु केन्द्रमा गरेको आक्रमणपछि इरानमा सत्ता परिवर्तनको बहस सुरु...

पशुपति क्षेत्र विकास कोषका १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३३ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा पशुपति क्षेत्र...

सप्तरीका किसानको अर्गानिक आँपबाट लाखौं आम्दानी

सप्तरी — कञ्चनरूप नगरपालिका–१२, रूपनगर बस्तीपुरका किसानहरूले विषादी प्रयोग नगरी अर्गानिक आँप उत्पादन गरेर...

नारायणघाट–बुटवल सडक ६ दिनदेखि अवरुद्ध, सयौं मालवाहक सवारी बीच बाटोमै रोकिए

नवलपुर — विनयी खोलामा आएको बाढी र दाउन्नेमा चिप्लो सडकका कारण नारायणघाट–बुटवल सडकखण्ड अन्तर्गतका...