आगलागी भएको मखनमा उपप्रमुख डंगोल

Published on

काठमाडौँ । काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले काठमाडौं महानगरपालिका –२४ मखनटोलमा आगलागी हुँदा क्षति भएका चारवटै घरको अनुगमन गर्नुभएको छ । आज बिहान सुरुमा दयाराम श्रेष्ठको चार तले घरमा आगलागी भएको थियो । त्यसपछि सँगैका तीन वटा घरमा पनि आगलागी हुँदा क्षति भएको छ । क्षति भएको घरको अुनगमनसँगै उपप्रमुख डंगोलले घरधनी दयाराम श्रेष्ठ, विनोदकुमार राजभण्डारी लगायतसँग पनि कुराकानी गर्नुभएको थियो । ‘आगलागी भएको जानकारी पाएसँगै म मखनटोल पुगेर त्यहाँको अनुगमन गरेकी छु’ डंगोलले भन्नुभयो, ‘अहिलेसम्म ग्यास चुहिएर आगलागी भएको भन्ने छ । आगलागीका घटनाहरु धेरैजसो ग्यास चुहिएर हुने गरेका छन् । हामी त्यसमा मध्यनजर गर्दै अनुमनलाई प्रभावकारी बनाउँछौँ ।’

डंगोलले महानगरपालिकाले नियमित अनुगमन गरिरहेको भन्दै आगामी दिनमा ग्यास कम्पनी र डिलरहरूमा पनि अनुगमन गर्ने जानकारी दिनुभयो । आज आगलागीमा परी श्रेष्ठको चार तले घरमा पूर्णरूपमा क्षति भएको छ । त्यहि घरमा एक महिलाको मृत्यु भएको छ । दयारामको घरसँगैको रुकेश श्रेष्ठको पाँच तले घर र त्योसँगै रहेको कैलाश श्रेष्ठ र विकास श्रेष्ठको घरमा पनि क्षति भएको वडाध्यक्ष राजभण्डारीले जानकारी दिनुभयो ।

spot_img

ताजा समाचार

प्रधानमन्त्री कप क्रिकेटः एपिएफले बागमतीलाई दियो २७२ रनको लक्ष्य

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत एपिएफ क्लबले बागमती प्रदेशलाई जितका...

आकासे वर्षाको प्रतीक्षामा आँप किसान

काठमाडौं । धनुषा लगायत तराई मधेशका आँप किसान यतिबेला आकासे वर्षाको प्रतीक्षामा छन् ।...

बैतडीमा आर्थिक गणना कार्यालय स्थापना

काठमाडौं । बैतडीमा दोस्रो आर्थिक गणनाका लागि आर्थिक गणना कार्यालय स्थापना गरिएको छ ।...

प्रशासन कार्यालयबाट करिब दुई हजारलाई सेवा प्रदान

काठमाडौं । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले पछिल्लो एक महिनाको अवधिमा करिब दुई हजार सेवाग्राहीलाई...