आगलागी भएको मखनमा उपप्रमुख डंगोल

Published on

काठमाडौँ । काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले काठमाडौं महानगरपालिका –२४ मखनटोलमा आगलागी हुँदा क्षति भएका चारवटै घरको अनुगमन गर्नुभएको छ । आज बिहान सुरुमा दयाराम श्रेष्ठको चार तले घरमा आगलागी भएको थियो । त्यसपछि सँगैका तीन वटा घरमा पनि आगलागी हुँदा क्षति भएको छ । क्षति भएको घरको अुनगमनसँगै उपप्रमुख डंगोलले घरधनी दयाराम श्रेष्ठ, विनोदकुमार राजभण्डारी लगायतसँग पनि कुराकानी गर्नुभएको थियो । ‘आगलागी भएको जानकारी पाएसँगै म मखनटोल पुगेर त्यहाँको अनुगमन गरेकी छु’ डंगोलले भन्नुभयो, ‘अहिलेसम्म ग्यास चुहिएर आगलागी भएको भन्ने छ । आगलागीका घटनाहरु धेरैजसो ग्यास चुहिएर हुने गरेका छन् । हामी त्यसमा मध्यनजर गर्दै अनुमनलाई प्रभावकारी बनाउँछौँ ।’

डंगोलले महानगरपालिकाले नियमित अनुगमन गरिरहेको भन्दै आगामी दिनमा ग्यास कम्पनी र डिलरहरूमा पनि अनुगमन गर्ने जानकारी दिनुभयो । आज आगलागीमा परी श्रेष्ठको चार तले घरमा पूर्णरूपमा क्षति भएको छ । त्यहि घरमा एक महिलाको मृत्यु भएको छ । दयारामको घरसँगैको रुकेश श्रेष्ठको पाँच तले घर र त्योसँगै रहेको कैलाश श्रेष्ठ र विकास श्रेष्ठको घरमा पनि क्षति भएको वडाध्यक्ष राजभण्डारीले जानकारी दिनुभयो ।

spot_img

ताजा समाचार

सहिद दिवसमा चक्रपथ परिक्रमा

काठमाडौं । सहिद दिवस २०८२ को अवसरमा पैदलयात्रीले शुक्रबार काठमाडौं चक्रपथ (रिङरोड) परिक्रमा गर्नुभएको...

क्युबालाई तेल आपूर्ति गर्ने देशमाथि ट्रम्पको कर धम्की

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबालाई तेल बेच्ने वा आपूर्ति गर्ने देशबाट आयात...

‘स्मार्ट रिफ्रेस सेन्टर’ अलपत्र

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले पूर्वपश्चिम राजमार्गको चन्द्रौटासहित पाँच स्थानमा करोडौं लगानीमा निर्माण सुरु...

भेनेजुएलाको तेल क्षेत्रमा निजीकरणको बाटो खुल्यो

काठमाडौं । भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले बिहीबार देशको तेल उद्योग सुधार सम्बन्धी नयाँ...