भारत र पाकिस्तानले एक अर्काका कुटनीतिज्ञलाई २४ घण्टाभित्र देश छोड्न आदेश

Published on

काठमाडौँ । पाकिस्तान र भारतले मङ्गलबार एक–एक जना कूटनीतिज्ञलाई आफ्नो देशबाट निष्काशन गर्ने घोषणा गरेका छन् । दुबै पक्षले आ–आफ्ना अधिकारीमाथि जासुसी गतिविधिमा संलग्न भएको आरोप लगाएका छन् । पाकिस्तानले इस्लामावादस्थित भारतीय उच्च आयोगका एक कर्मचारीलाई देशमा रहन ‘अस्वीकार्य व्यक्ति’ घोषणा गरेको छ । ती अधिकारीलाई २४ घण्टाभित्र देश छाड्न आदेश दिइएको पाकिस्तानको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

“पाकिस्तानी प्रशासनले भारतीय कार्यवाहक राजदूतलाई सोधपुछका लागि परराष्ट्र मन्त्रालयमा बोलाएको र उक्त निर्णयबारे औपचारिक जानकारी दिएको थियो”, विदेश मन्त्रालयले भनेको छ, “मन्त्रालयले भारतीय नियोगलाई आफ्ना कर्मचारीहरूलाई उनीहरूको कूटनीतिक जिम्मेवारीसँग मेल नखाने कार्यहरूबाट जोगिन सुनिश्चित गर्न आग्रह गरेको छ ।” यसअघि, भारतीय सञ्चारमाध्यमका अनुसार भारत सरकारले नयाँ दिल्लीस्थित पाकिस्तानी उच्च आयोगमा कार्यरत एक अधिकारीलाई २४ घण्टाभित्र देश छोड्न आदेश दिएको थियो । भारतीय विदेश मन्त्रालयले मङ्गलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, “देश छोड्न आदेश दिइएका पाकिस्तानी कूटनीतिज्ञले ‘भारतमा आफ्नो आधिकारिक हैसियतअनुरूप गतिविधिमा संलग्न नभएकाले उहाँलाई २४ घण्टाभित्र देश छोड्न आदेश दिइएको छ ।” रासस/सिन्ह्वा

spot_img

ताजा समाचार

मन्त्रिपरिषद्का छ निर्णय सार्वजनिक, सडक सुधारका लागि एडिबीको ३०५ मिलियन डलर सहायता स्वीकार

काठमाडौँ – सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका छवटा प्रमुख निर्णय सार्वजनिक गरेको छ। सरकारका...

विराटनगरसँग जनकपुर २ रनले पराजित, रोमाञ्चक खेलमा रसेलको अलराउन्ड प्रदर्शन

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा विराटनगर किङ्ग्सले जनकपुर बोल्ट्सलाई दुई रनले पराजित...

एनपीएलमा आज विराटनगर-जनकपुर र लुम्बिनी-पोखराबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज पनि दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि...

बेलायतको पीआर नीति फेरियो: स्थायी बसोबासका लागि अब १० वर्ष कुर्नुपर्ने, नेपालीसमेत प्रभावित

लन्डन – बेलायतमा स्थायी बसोबासको अनुमति (पीआर) प्राप्त गर्ने प्रक्रिया थप कडा बनाइएको छ। सरकारले...