युनेस्कोबाट पुनः बाहिरियो अमेरिका

Published on

काठमाडौँ — संयुक्त राष्ट्रसंघ अन्तर्गतको शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संस्था युनेस्कोबाट अमेरिका फेरि बाहिरिएको छ। अमेरिकाले युनेस्कोले इजरायलप्रति पूर्वाग्रही नीति लिएको र विवादास्पद सामाजिक-सांस्कृतिक मुद्दालाई बढावा दिएको आरोप लगाउँदै सदस्यता समाप्त गर्ने निर्णय सार्वजनिक गरेको हो।

अमेरिकी विदेश मन्त्रालयकी प्रवक्ता टैमी ब्रुसका अनुसार युनेस्कोको हालको कार्यशैली अमेरिकी राष्ट्रिय हितविपरीत रहेको र संस्थाको दिशा बदलिनु जरुरी रहेको बताइएको छ। उनले युनेस्कोद्वारा प्यालेस्टाइनलाई सदस्य राष्ट्रको मान्यता दिइनु इजरायलविरोधी धारणा फैलाउने प्रयास भएको जिकिर गरिन्।

युनेस्कोले भने आफूलाई शिक्षा, विज्ञान र संस्कृतिको माध्यमबाट अन्तर्राष्ट्रिय सहयोग र समझदारी प्रवद्र्धन गर्ने संस्था भएको दाबी गर्दै आएको छ। यस संस्थाले विश्व सम्पदा सूची व्यवस्थापन गर्दै आएको छ, जसमा ग्रेट बेरियर रीफदेखि मिस्रका पिरामिडसम्मका ऐतिहासिक सम्पदाहरू समावेश छन्।

अमेरिका पहिलोपटक युनेस्कोबाट बाहिरिएको यो घटना भने होइन। सन् १९८० को दशकमा राष्ट्रपति रोनाल्ड रेगनले युनेस्कोलाई भ्रष्ट र सोभियत समर्थक भन्दै सदस्यता परित्याग गरेका थिए। पछि राष्ट्रपति जर्ज डब्लू. बुसको पालामा अमेरिका पुनः युनेस्कोमा फर्किएको थियो।

सन् २०१७ मा डोनाल्ड ट्रम्पले फेरि युनेस्को छोड्ने निर्णय गरेका थिए, जुन जो बाइडेनको कार्यकालमा उल्ट्याइएको थियो। तर, अब ट्रम्पको नेतृत्वमा अमेरिका पुनः युनेस्कोबाट बाहिरिएको छ, जसले अन्तर्राष्ट्रिय बहुपक्षीय सहयोगमाथि थप प्रश्न उठाएको छ।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...