समस्याग्रस्त सहकारीका ऋणीलाई भदौ मसान्तसम्म ऋण तिर्न बागमती प्रदेशको ताकेता

Published on

काठमाडौं- बागमती प्रदेश सरकारले समस्याग्रस्त घोषित पाँचवटा सहकारी संस्थाका ऋणीहरूलाई आगामी भदौ मसान्त (भदौ ३१) भित्र ऋण तिर्न ताकेता गरेको छ। सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालय, काठमाडौंले आज सार्वजनिक सूचना प्रकाशित गर्दै ऋणीहरूलाई अन्तिम म्याद तोकेको हो।

समितिद्वारा ताकेता गरिएको सहकारी संस्थाहरूमा सिभिल, दर्शन, नेशनल नमोबुद्ध, लालीगुराँस र सुमेरु बचत तथा ऋण सहकारी संस्था रहेका छन्। ती संस्थाहरू क्रमशः २०८० भदौ २१, २०८१ कात्तिक ११ र २०८१ पुस २८ मा समस्याग्रस्त घोषणा गरिएको थियो।

सूचनामा ती संस्थाहरू समस्याग्रस्त घोषित हुनु एक दिन अघिसम्म लिइएको ऋण भदौ मसान्तभित्र तिर्न भनिएको छ। समितिले यसअघि पनि पटक–पटक ऋण भुक्तानीका लागि अनुरोध गर्दा पनि धेरैजसो ऋणी सम्पर्कमा नआएको भन्दै राष्ट्रिय दैनिकमा सूचना प्रकाशित गरेको हो।

समितिले तोकिएको समयभित्र ऋण नतिरेमा सावाँ, ब्याज र हर्जानासहित असुल गर्ने र आवश्यक कानुनी प्रक्रिया अघि बढाइने चेतावनी दिएको छ। ऋणीहरूलाई निर्धारित म्यादभित्र सम्पर्क गर्न र ऋण चुक्ता गर्न समितिको आग्रह छ।

spot_img

ताजा समाचार

रोहित पौडेलको शतकमा नेपालले क्यानडालाई २४ रनले हरायो

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा जारी एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) शृङ्खलाको आफ्नो...

बूढीगण्डकीमा भीषण बाढी : पाँच गोठाला सम्पर्कविहीन, जलविद्युत् आयोजनाको निर्माणस्थल बगायो

काठमाडौं । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा आइतबार बिहान आएको बाढीले ठूलो भौतिक क्षति पुर्‍याएको...

आजदेखि बडादसैँ सुरु, बिहान ११ः४७ बजे घटस्थापनाको शुभ साइत

काठमाडौँ, असोज २५ । नेपालीको महान् चाड बडादसैँ आज आइतबारदेखि विधिवत् रूपमा सुरु हुँदैछ।...

राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको परमादेश

काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र नभएका नागरिकलाई नागरिकता प्रमाणपत्रलगायत परिचय खुल्ने अन्य कागजातका...