सिन्धुलीको हायू परिवारमा हराएकामध्ये सुजाता हायू र ज्वाइँ सम्पर्कमा

Published on

सिन्धुली- सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ स्थित छेत्पा नजिकको भण्डास विप्पर कटेरीमा बसोबास गर्दै आएका हायू परिवारका १६ जना सदस्यहरू रहस्यमय रूपमा सम्पर्कविहीन भएको घटनामा नयाँ अपडेट आएको छ। हराएका मध्ये ५२ वर्षीया उर्मिला हायूकी छोरी सुजाता हायू र ज्वाइँ आयुष श्रेष्ठ काठमाडौंमा प्रहरी सम्पर्कमा आएका छन्।

जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रवक्ता डीएसपी सूर्यप्रकाश सुवेदीका अनुसार, सुजाता र आयुष केही महिनादेखि काठमाडौंमा बस्दै आएका थिए र उनीहरूले आफन्तहरूसँग कुनै सम्पर्क नभएको बताएका छन्।

“छोरी र ज्वाइँले आफूहरू केही महिनादेखि काठमाडौंमा रहेको बताएका छन्,” डीएसपी सुवेदीले भने, “सुजाताले परिवारसँग सम्पर्क हुन नसकेको जनाएकी छन्।” उनले परिवारका अन्य सदस्यहरूको खोजी गरिदिन प्रहरीसँग आग्रहसमेत गरेका छन्।

रहस्यमय सम्पर्कविहीनता

उर्मिला हायूसहित परिवारका १५ जना सदस्यहरू चार दिनदेखि सम्पर्कमा छैनन्। परिवारका सदस्यहरूमध्ये ६ छोरा, ५ छोरी, १ बुहारी, १ नाति र १ जना ज्वाइँ रहेका छन्। घर एक्लै अवस्थामा भेटिएको छ भने घरभित्रको भान्साघर जलेको, भाँडाकुँडा अस्तव्यस्त, बाख्रा भोकै र कुकुर रोइरहेको अवस्थामा भेटिएको जनाइएको छ।

स्थानीय वडाध्यक्ष रविन श्रेष्ठ र प्रहरी टोलीले घटनास्थलमा पुगेर खोजतलास गरेका थिए, तर कुनै मानिस फेला परेनन्। स्थानीय मोतिराज सापकोटाका अनुसार, हायू परिवारले चार दिनअघि घरमै सुँगुर काटेर पारिवारिक भोज गरेका थिए। त्यसयता उनीहरू बेपत्ता छन्।

मोबाइल अफ, लोकेसन रामेछापतिर

सामाजिक भत्ता बुझ्दा प्रयोग भएका मोबाइल नम्बरहरू पनि बन्द रहेको जनाइएको छ। सिन्धुलीका प्रहरी प्रमुख एसपी लालध्वज सुवेदीका अनुसार, हराएका व्यक्तिहरूको मोबाइल लोकेसन रामेछापको मन्थली क्षेत्रमा देखिएकाले त्यतैतिर खोजी कार्य तीव्र पारिएको छ।

रहस्य अझै बाकी

उक्त परिवारका १६ जनाले केही दिनअघि मात्र सामाजिक सुरक्षा भत्ता बुझेका थिए। घर वरिपरिका छिमेकीहरूले उनीहरूलाई नदेखेपछि खोजी सुरु गरिएको थियो। घटनास्थलमा देखिएको अवस्था, जलेको भान्साघर, बाँकी मासु र भोकै रहेका पशुपालनहरूको अवस्थाले घटनालाई अझै रहस्यमय बनाएको छ।

प्रहरी र स्थानीय सरकारको सहकार्यमा विस्तृत अनुसन्धान र खोजी कार्य जारी रहेको छ। परिवारका अन्य सदस्यहरूको अवस्थाबारे अहिलेसम्म कुनै ठोस जानकारी नआएको जनाइएको छ।

spot_img

ताजा समाचार

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...