स्वास्थ्य मन्त्रालयको आग्रह , सबै अस्पताल आकस्मिक सेवाका लागि तयारी अवस्थामा रहन

Published on

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभर जारी अविरल वर्षाका कारण बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद् उत्पन्न हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै सबै अस्पताल तथा स्वास्थ्य संस्थालाई सतर्क रहन आग्रह गरेको छ।

मन्त्रालयका सहसचिव तथा प्रवक्ता डा. प्रकाश बुढाथोकीले विज्ञप्ति जारी गर्दै आकस्मिक स्वास्थ्य सेवा निरन्तरता सुनिश्चित गर्न आवश्यक जनशक्ति, औषधि सामग्री तथा उपकरण तयारी अवस्थामा राख्न निर्देशन दिनुभएको छ।

प्राकृतिक प्रकोपका कारण दुर्घटना, चोटपटक र जनस्वास्थ्यमा नकारात्मक असर पर्न सक्ने भएकाले समयमै पूर्वतयारी गर्न स्वास्थ्य संस्थाहरूलाई मन्त्रालयको स्पष्ट आग्रह रहेको छ।

साथै, बिरामी स्थानान्तरण, रेफरल सेवा, एम्बुलेन्सको समन्वय तथा आपतकालीन स्वास्थ्य सेवा सञ्चालनलाई प्रभावकारी बनाउन सम्बन्धित निकायबीच समन्वय बढाउन पनि मन्त्रालयले अनुरोध गरेको छ।

कुनै जानकारी वा सहयोग आवश्यक परेमा संघीय वा प्रदेशस्तरका स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रमा सम्पर्क गर्न र मन्त्रालयको निःशुल्क हेल्पलाइन नम्बर १११५ प्रयोग गर्न सकिने जानकारी दिइएको छ।

spot_img

ताजा समाचार

थिलथिलिएको विपी राजमार्गमा कहिलेसम्म कठिनाईपूर्ण यात्रा ?

 काठमाडौं । विपी राजमार्गको यात्रा डेढ वर्षदेखि कठिनाईपूर्ण बनिरहेको छ । हालका दिनमा भइरहेको...

भत्केको बाँध नबन्दा सिँचाइबाट बञ्चित छन् किसान

काठमाडौं । रौतहटको चन्द्रपुर नगरपालिका–३, गैडाटारमा सिँचाइका लागि निर्माण गरिएको बाँध भत्किएको एक वर्ष...

यात्रुलाई लुट्ने चार जना पक्राउ

काठमाडौं । नेपालगन्ज बसपार्कमा यात्रुहरूलाई धम्की, डरत्रास तथा हातपात गर्दै ५९ हजार रुपियाँ नगदसहित...

नासाको नयाँ मिसनः चन्द्रमातर्फ मानवताको ठुलो कदम

काठमाडौं । नासाको ‘आर्टेमिस-२’ मिसनका चार जना अन्तरिक्षयात्री शुक्रबार फ्लोरिडाको केनेडी अन्तरिक्ष केन्द्रबाट चन्द्रमातर्फ...