देशभर मनसुनी प्रभाव कायमै, केही प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

Published on

काठमाडौं, असोज २० – हाल देशभर मनसुनी वायुले प्रभाव जमाइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार, कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रहनेछ भने अन्य भूभागहरूमा आंशिक बदलीको सम्भावना छ।

महाशाखाका अनुसार, कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघगर्जन, चट्याङसहित मध्यम खालको वर्षा हुन सक्ने अनुमान गरिएको छ। पहाडी तथा तराई भूभागमा यो सम्भावना बढी देखिएको छ।

आज रातिसमेत मौसम यस्तै रहने अनुमान गरिएको छ। कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रहनेछ भने बाँकी भूभागहरूमा आंशिक बदली रहनेछ। विशेष गरी कर्णाली र सुदूरपश्चिमका पहाडी तथा तराई क्षेत्रका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान छ।

मौसम महाशाखाले सचेत रहन र आवश्यक सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ।

spot_img

ताजा समाचार

भोलिदेखि सुरु हुने एनपीएलको तेस्रो संस्करणको तयारी पुरा, पहिलोपटक डीआरएस प्रयोग हुँदै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको सम्पूर्ण तयारी पूरा भएको छ। नेपाल...

कोजाग्रत पूर्णिमासँगै आज बडादसैँ पर्व समापन हुँदै

काठमाडौं । नेपालीले भव्य रूपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादसैँ पर्व आज कोजाग्रत पूर्णिमासँगै...

स्वर्णिम वाग्लेको अभिव्यक्तिप्रति कमल थापाको आपत्ति, राष्ट्रियतामाथि अवमूल्यन भएको टिप्पणी

काठमाडौं – नेपाल-भारत सम्बन्धबारे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नयाँदिल्लीमा दिएको अभिव्यक्तिप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी...

कोशी र गण्डकीका हिमाली क्षेत्रमा हल्का वर्षा वा हिमपातको सम्भावना

काठमाडौं - आज कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा वा...