मुख्यमन्त्री निवासमा आगजनी गर्ने युवा पक्राउ

Published on

काठमाडौं । पोखराको सहिदचोकमा रहेको गण्डकी प्रदेशका मुख्यमन्त्री निवासमा आगजनी गरेको अभियोगमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

रूपन्देहीको तिलोत्तमा नगरपालिका–४ घर भई पोखरा महानगरपालिका–७, राष्ट्र बैँक चोक बस्दैआएका २२ वर्षीय सञ्जोक थापालाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।

भदौ २४ गते आगजनी हुँदा बाँकी रहेका कागजपत्र जलाउन थापाले असोज १२ गते राति फेरि आगजनी गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिनुभयो ।

प्रहरीले थापालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको बस्नेतले जानकारी दिनुभयो । अनुसन्धानका क्रममा थापाले पोखरा–७ स्थित नेपाल राष्ट्र बैँकको कम्पाउन्ड बाहिर रहेको एनआइएमबी बैँकको एटिएम मेसिनसमेत तोडफोड गरेको खुलेको छ । गोरखापत्र

spot_img

ताजा समाचार

ट्रम्पको सम्बोधनपछि इजरायलमा इरानी क्षेप्यास्त्र आक्रमण

काठमाडौं । इजरायली सेनाले बिहीबार बिहान इरानबाट गरिएको क्षेप्यास्त्र आक्रमणको लहरको सामना गरेको जनाएको...

पाकिस्तानी जेलबाट रिहा भएका १५५ जना अफगान कैदी स्वदेश फिर्ता

काठमाडौं । गत हप्ता मात्र पाकिस्तानको जेलबाट रिहा भएका १५५ जना अफगान कैदी सुरक्षित...

नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि

 काठमाडौं । यो साता कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको...

पूर्वप्रधानमन्त्री ओली र नेता लेखक पक्राउको विरोधमा संसद्‍मा एमालेको आपत्ति

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा नेकपा (एमाले)ले पूर्व प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा...