विश्व दृष्टि दिवसमा तीन वृद्धाको निःशुल्क आँखाको शल्यक्रिया

Published on

काठमाडौं । भरतपुर आँखा अस्पतालले विश्व दृष्टि दिवसको अवसरमा तीन वृद्धाको आँखाको निःशुल्क शल्यक्रिया गरेको छ । देवघाट क्षेत्र विकास समितिद्वारा सञ्चालित देवघाट समाज कल्याण केन्द्रमा आश्रित अन्दाजी ७५ वर्षिया वृद्धाहरुको आँखाको मोतियाविन्दुको शल्यक्रिया गरिएको हो ।

अस्पतालका प्रशासक दयाशङ्कर चौधरीका अनुसार दिवसको सन्दर्भ पारेर बुधबार शल्यक्रिया गरी आज बिहान आँखाको पट्टी खोलिएको हो । वृद्धाहरुलाई आवाजावतदेखि खानपान र शल्यक्रियासम्म सबै छुट दिइएको हो ।

अस्पतालले आज बिहान आयोजना गरेको कार्यक्रममा नेपाल नेत्रज्योति सङ्घका केन्द्रीय कोषाध्यक्ष चिजकुमार मास्के, सङ्घका जिल्ला सभापति जयराम श्रेष्ठ, उपसभापति जेतेन्द्र खड्का, देवघाट क्षेत्र विकास समितिका अध्यक्ष डा इश्वरीराज लौडारी, कार्यकारी निर्देशक सदन बराल लगायतले समयमा उपचार पाएमा अन्धो हुनबाट बच्न सकिने भन्दै यस अवसरमा जनचेतना जगाउनुपर्नेमा जोड दिनुभएको थियो ।

विश्व दृष्टि दिवसमा ४४ प्रहरीको आँखा परीक्षण

विश्व दृष्टि दिवसको अवसरमा भरतपुर आँखा अस्पताल ठोरीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको निःशुल्क आँखा परीक्षण गरिएको छ । सो अवसरमा ४४ प्रहरीहरुको आँखा परीक्षण गरिएको हो । आँखा परीक्षणका क्रममा २४ जनालाई औषधि र सात जनालाई चस्मा निःशुल्क वितरण गरिएको छ । रासस

spot_img

ताजा समाचार

सागसब्जीमा समृद्धि पहिल्याउँदै कञ्चनपुरका दुई किसान

काठमाडौं । कृष्णपुर नगरपालिका–६ बालुवाफाँटाका जनक चौधरी विदेशमा चाहेजस्तो आम्दानी गर्न नसकेपछि गाउँमै व्यावसायिक...

मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्रीको शपथ ग्रहण आज

काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्ण प्रसाद यादवको शपथ ग्रहण आज (आइतबार) हुने...

सडक पूरा गर्न त्रियानब्बे करोडको सम्झौता

काठमाडौं । देशकै लामो भनिएको सैनामैना चक्रपथको अधुरो रहेको साढे १९ किलोमिटर सडक निर्माण...

रिभल्भरसहित भारतीय नागरिक पक्राउ

काठमाडौं । सशस्त्र प्रहरीले महोत्तरीको एकडारा गाउँपालिका–४ हलखोरी चोकबाट रिभल्भरसहित एक जना भारतीय नागरिकलाई...