विश्व दृष्टि दिवसमा तीन वृद्धाको निःशुल्क आँखाको शल्यक्रिया

Published on

काठमाडौं । भरतपुर आँखा अस्पतालले विश्व दृष्टि दिवसको अवसरमा तीन वृद्धाको आँखाको निःशुल्क शल्यक्रिया गरेको छ । देवघाट क्षेत्र विकास समितिद्वारा सञ्चालित देवघाट समाज कल्याण केन्द्रमा आश्रित अन्दाजी ७५ वर्षिया वृद्धाहरुको आँखाको मोतियाविन्दुको शल्यक्रिया गरिएको हो ।

अस्पतालका प्रशासक दयाशङ्कर चौधरीका अनुसार दिवसको सन्दर्भ पारेर बुधबार शल्यक्रिया गरी आज बिहान आँखाको पट्टी खोलिएको हो । वृद्धाहरुलाई आवाजावतदेखि खानपान र शल्यक्रियासम्म सबै छुट दिइएको हो ।

अस्पतालले आज बिहान आयोजना गरेको कार्यक्रममा नेपाल नेत्रज्योति सङ्घका केन्द्रीय कोषाध्यक्ष चिजकुमार मास्के, सङ्घका जिल्ला सभापति जयराम श्रेष्ठ, उपसभापति जेतेन्द्र खड्का, देवघाट क्षेत्र विकास समितिका अध्यक्ष डा इश्वरीराज लौडारी, कार्यकारी निर्देशक सदन बराल लगायतले समयमा उपचार पाएमा अन्धो हुनबाट बच्न सकिने भन्दै यस अवसरमा जनचेतना जगाउनुपर्नेमा जोड दिनुभएको थियो ।

विश्व दृष्टि दिवसमा ४४ प्रहरीको आँखा परीक्षण

विश्व दृष्टि दिवसको अवसरमा भरतपुर आँखा अस्पताल ठोरीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको निःशुल्क आँखा परीक्षण गरिएको छ । सो अवसरमा ४४ प्रहरीहरुको आँखा परीक्षण गरिएको हो । आँखा परीक्षणका क्रममा २४ जनालाई औषधि र सात जनालाई चस्मा निःशुल्क वितरण गरिएको छ । रासस

spot_img

ताजा समाचार

ट्रम्पको सम्बोधनपछि इजरायलमा इरानी क्षेप्यास्त्र आक्रमण

काठमाडौं । इजरायली सेनाले बिहीबार बिहान इरानबाट गरिएको क्षेप्यास्त्र आक्रमणको लहरको सामना गरेको जनाएको...

पाकिस्तानी जेलबाट रिहा भएका १५५ जना अफगान कैदी स्वदेश फिर्ता

काठमाडौं । गत हप्ता मात्र पाकिस्तानको जेलबाट रिहा भएका १५५ जना अफगान कैदी सुरक्षित...

नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि

 काठमाडौं । यो साता कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको...

पूर्वप्रधानमन्त्री ओली र नेता लेखक पक्राउको विरोधमा संसद्‍मा एमालेको आपत्ति

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा नेकपा (एमाले)ले पूर्व प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा...