‘जेनजी पुस्ताको माग सम्बोधनमा सरकारले ध्यान देओस्’

Published on

काठमाडौं । नेकपा एमाले का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देश चलाउने काम ख्यालठट्टा नभएको बताउँदै उहाँले जेनजी पुस्ताको माग सम्बोधनमा ध्यान दिन सरकारसँग आग्रह गर्नुभएको छ ।

नेकपा एमाले भक्तपुरले बिहीबार भक्तपुरको गुण्डुमा आयोजित पार्टीको कार्यक्रममा अध्यक्ष ओलीले सो कुरा बताउँदै देशको परिवर्तन र विकासमा एमाले जत्तिको चिन्तित पार्टी कुनै नभएको दाबी गर्नुभयो । देशको परिवर्तन र समृद्धिका लागि एमाले स्थापनाकालदेखि सङ्घर्ष गर्दैआएको शक्ति भएको उहाँले प्रष्ट पार्नुभयो ।

जेनजी आन्दोलनको आवरणमा षडयन्त्रकारीहरूले नेपालको भौतिक संरचना ध्वस्त बनाएको बताउँदै उहाँले भन्नुभयो, “जेनजीको एजेण्डा मुलुकमा शान्ति सुव्यवस्था कायम गर्नु हो । यहाँ सुशासन कायम हुनुपर्छ भन्ने हो । देशको समृद्धि र विकास हुनुपर्छ भन्ने हो । हामी सबैको माग पनि त्यही हो ।” सार्वजनिक पद धारणा गर्ने सबैको सम्पत्ति छानबिन गर्न उहाँले सरकारसँग आग्रह गर्नुभयो ।

आफू नेतृत्वको सरकारले सामाजिक सञ्जाल नरोकेको बरु नेपालमा दर्ता भएर चलाउ मात्र भनेको प्रष्ट पार्दै अध्यक्ष ओलीले भन्नुभयो, “टमाटर र तरकारी उत्पादनले कर तिर्छन्, सामाजिक सञ्जालबाट अरबौं रुपियाँ कमाउनेले सरकारलाई कर तिर्नु पर्दैन रु नेपालमा दर्ता भएर कर तिर भनेका हौं, बन्द गरेका होइनौं ।” अराजकता मच्चाउन सामाजिक सञ्जाल बन्द गरिएको आरोप लगाइएको उहाँले टिप्पणी गर्नुभयो ।

नेकपा ९एमाले० का महासचिव शङ्कर पोखरेलले राष्ट्र निर्माणको विषय एउटा पुस्ताको मात्र नरहेको बताउँदै परिवर्तन सबैको चाहना र योगदानको खाँचो रहेको बताउनुभयो । जेनजी पुस्ताको आवरणमा मुलुकलाई वर्वाद गर्ने षडयन्त्र भइरहेको बताउँदै उहाँले देशलाई बचाउन सबै शक्ति एक ठाउँमा आउनुपर्ने बताउनुभयो ।

पश्चिमाहरूले पुस्ता विभाजन गरी नेपालमा अस्थिरता कायम गर्न खोजेको आरोप लगाउँदै महासचिव पोखरेलले भन्नुभयो, “भदौ २३ र २४ गते भएको आन्दोलनमा अराजकता कायम भएको छ । विद्यालयका विद्यार्थीलाई प्रयोग गरी शान्तिपूर्ण आन्दोलनमा घुसपैठ गराई अराजकता मच्चाउने काम भएको छ ।” जेनजी आन्दोलनको नाममा मुलुकमा ठुलो अपराध मच्चाउने काम भएकाले दोषीलाई कारबाही गर्नुपर्छ उहाँले भन्नुभयो ।

अन्तरिम सरकारको लक्ष्य फागुन २१ गते तय भएको निर्वाचन गराउने देखिए पनि शान्ति सुरक्षाका लागि सुरक्षाकर्मीको मनोबल उठाउन आवश्यक रहेको बताउनुभयो । प्रहरीको हतियार लुटिएको छ, प्रहरीको कार्यालय जलाइएका छन्, सरकारले मनोबल उठाउने काम गरेको छ त रु उहाँले जिज्ञासा गर्नुभयो । निर्वाचनबारे दलहरूसँग सरकारले परामर्श नगरेको बताउँदै उहाँले राजनीतिक दलहरूलाई किनारा लगाएर निर्वाचन सफल हुन नसक्ने उहाँले बताउनुभयो ।

एमाले स्थायी कमिटी सदस्य डा। राजन भट्टराईले नेपालको राजनीतिलाई प्रणालीमा ल्याउन नसके मुलुक युक्रेन, सुडान बन्ने खतरा औल्याउनुभयो । मुलुकमा सुशासन कायम गरी समृद्ध नेपाल बनाउन उद्देश्य सबैको साझा एजेण्डा भएको बताउँदै उहाँले त्यसका लागि सबै एक भएर अघि बढ्न आवश्यक रहेको बताउनुभयो । नेपाललाई अस्थिर बनाउन विभिन्न शक्तिहरू लागि परेकाले देशको राष्ट्रियता जोगाउन सबै राष्ट्रिय शक्ति एक हुनुपर्ने बताउनुभयो ।

अर्का स्थायी कमिटी सदस्य भानुभक्त ढकालले नेपाललाई असफल बनाउन विभिन्न देशी विदेशी शक्तिहरु सल्बलाइरहेकाले सबै नेपाली सचेत हुनुपर्ने बताउनुभयो । जेनजीको माग आफ्नो ठाउँमा ठिक रहे पनि जेनजीको आवरणमा मुलुकको भौतिक संरचना जलाउने काम दुःखद भएको टिप्पणी गर्नुभयो ।

एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले मुलुकको परिवर्तनको चाहना सबैको साझा भए पनि अराजकता कायम गरी विकास सम्भव नभएको बताउनुयभो । एमालेलाई लक्षित गरी गरिएको आक्रमण सह्य नरहेको बताउनुभयो । मुलुकको विकास एमालेको नेतृत्वमा गर्ने दाबी गर्दै नेता बस्नेतले देश वर्वाद गर्न खोज्ने तत्वलाई परास्त गरिने बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

ट्रम्पको सम्बोधनपछि इजरायलमा इरानी क्षेप्यास्त्र आक्रमण

काठमाडौं । इजरायली सेनाले बिहीबार बिहान इरानबाट गरिएको क्षेप्यास्त्र आक्रमणको लहरको सामना गरेको जनाएको...

पाकिस्तानी जेलबाट रिहा भएका १५५ जना अफगान कैदी स्वदेश फिर्ता

काठमाडौं । गत हप्ता मात्र पाकिस्तानको जेलबाट रिहा भएका १५५ जना अफगान कैदी सुरक्षित...

नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि

 काठमाडौं । यो साता कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको...

पूर्वप्रधानमन्त्री ओली र नेता लेखक पक्राउको विरोधमा संसद्‍मा एमालेको आपत्ति

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा नेकपा (एमाले)ले पूर्व प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा...