सुनको मूल्य उच्च, बजारमा कृत्रिम अभाव

Published on

काठमाडौँ, असोज ३१ गते । तिहार नजिकिँदै गर्दा बजारमा सुनको उच्च मूल्य तथा कृत्रिम अभावको समस्या थपिएको छ । तिहारमा सुनको माग उच्च हुने हुँदा व्यवसायी अभाव देखाएर बढी मूल्य लिने गरेका हुन् ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका प्रथम उपाध्यक्ष धर्मसुन्दर वज्राचार्यले तिहारमा सुनको माग उच्च भएकाले सुनको अभाव कायम रहेको जानकारी दिनुभयो । चोरीतस्करीबाट भित्रिएको सुनमा तोलामा पाँच हजारदेखि आठ हजार रुपियाँ महँगोमा लिएर बिक्री गर्ने गरेको पाइएको उहाँले जानकारी दिनुभयो । बजारमा सुनको मूल्य बढे पनि माग धेरै हुँदा बैङ्कबाट ल्याएको सुन सकिएकाले अभाव कायम रहेको उहाँको भनाइ छ ।

बुधबार तोलामा दुई लाख ४८ हजार नौ सय रुपियाँमा कारोबार भएको सुनको मूल्य बिहीबार दुई हजार रुपियाँ बढेर दुई लाख ५० हजार नौ सय रुपियाँ पुगेको महासङ्घले जनाएको छ । सुनको मूल्य बढ्दै गएपछि उपभोक्ताले महँगो मूल्यमा खरिद गर्नु परेको छ ।

अन्तर्राष्ट्रिय बजारमा बिहीबार प्रतिऔँस सुनको मूल्य चार हजार दुई सय अमेरिकी डलर पुगेको छ । व्यवसायीका अनुसार तिहारको बेलामा चारदेखि पाँच सय किलो सुनको कारोबार हुने गर्दछ । चाँदीका सामानसँगै धनत्रयोदशी ९धनतेरस० मा सुनको पनि बिक्री बढ्ने वज्राचार्यको भनाइ छ ।

दैनिक २० केजीका दरले विभिन्न वाणिज्य बैङ्कले सुनको आयात गर्दै आएका छन् । हालै नेपाल राष्ट्र बैङ्कले सुनको कोटा बढाएर दैनिक २५ किलो पु¥याएको छ । कोटा बढेको सुन तिहारपछि मात्र आइपुग्ने भएकाले पनि तत्काल प्रयोग गर्न नपाएको उहाँले जानकारी दिनुभयो ।

सुनको मूल्य निरन्तर बढ्दै गएपछि लगानीकर्ता सुनमा लगानी गर्न थालेपछि बजारमा अभाव भएको सुनचाँदी व्यवसायी तेजरत्न शाक्यले जानकारी दिनुभयो । मूल्य बढ्दै गएपछि अन्तर्राष्ट्रिय बजारमा सुन सुरक्षित लगानीको क्षेत्र बनेकाले नेपालमा समेत लगानीकर्ता आकर्षित बन्दै गएको उहाँको भनाइ छ । बजारमा ढिका सुनको माग धेरै रहेको उहाँको भनाइ छ । कानुनी रूपमा ढिक्का सुन बिक्री नभए पनि गैरकानुनी ढङ्गले बिक्री भइरहेको उहाँको भनाइ छ । चोरी तस्करीबाट भित्रिएको ढिक्का सुन खुलेआम बिक्री भइरहेको उहाँको भनाइ छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...