सन् २०२६ को आइसिसी टी–२० विश्वकपका लागि २० टोली टुङ्गिए

Published on

काठमाडौं, सन् २०२६ मा भारत र श्रीलङ्कामा आयोजना हुने आइसिसी टी–२० विश्वकपका लागि खेल्ने २० वटै टोलीको टुङ्गो लागेको छ।

ओमानमा जारी एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटअन्तर्गत बिहीबार राति संयुक्त अरब इरिमेट्स (युएई) ले जापानलाई आठ विकेटले पराजित गर्दै विश्वकपमा स्थान सुरक्षित गरेपछि सहभागी सबै टोली पुष्टि भएका हुन्।

यसअघि नेपाल र ओमानले क्रमशः १८औँ र १९औँ टोलीको रूपमा विश्वकपमा स्थान बनाइसकेका थिए। सुपर सिक्स अन्तर्गत नेपालले आज साँझ सामोआसँग प्रतिस्पर्धा गर्नेछ। सामोआलाई पराजित गरेमा नेपालले छनोटको ट्रफी पनि जित्नेछ।

विश्वकपमा भारत र श्रीलङ्का आयोजक देशको रूपमा सोझै छनोट भएका छन् भने अस्ट्रेलिया, इङ्ल्यान्ड, दक्षिण अफ्रिका, वेस्ट इन्डिज, बङ्गलादेश, अफगानिस्तान र अमेरिका अघिल्लो संस्करणको सुपर आठमा पुगेकाले सोझै छनोट भएका छन्।

न्युजिल्यान्ड, पाकिस्तान र आयरल्यान्ड वरियाताका आधारमा छनोट भएका हुन् भने क्यानाडाले अमेरिकी महादेशबाट, नेदरल्यान्ड्स र इटालीले युरोपबाट र जिम्बावे र नामिबियाले अफ्रिकी छनोटमार्फत विश्वकपमा स्थान बनाएका छन्।

spot_img

ताजा समाचार

कांग्रेस महाधिवेशनमा रवि, ओली, प्रचण्डसहित विभिन्न दलका शीर्ष नेता सहभागी हुने

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सहभागी...

कांग्रेसमा एक उपसभापति र एक महामन्त्री थप्ने तयारी, विधान संशोधनको मस्यौदा तयार

  काठमाडौँ । नेपाली कांग्रेसमा एक उपसभापति र एक महामन्त्री थप्ने तयारी गरिएको छ। पार्टीको...

रास्वपा केन्द्रीय समिति बैठक आज, संगठन विस्तार र स्थानीय निर्वाचन तयारी मुख्य एजेन्डा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज बस्दै छ। सभापति...

आज कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौँ । देशभर मनसुनी वायु तथा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले...