अन्तर्राष्ट्रिय बागलुङ समाज कपको फाइनलमा निसीखोला र गलकोट भिड्ने

Published on

काठमाडौं, कात्तिक १

बागलुङमा जारी अन्तर्राष्ट्रिय बागलुङ समाज कप अन्तर्गत पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनल चरण सकिँदै निसीखोला गाउँपालिकागलकोट नगरपालिका फाइनलमा प्रवेश गरेका छन्।

शनिबार बिहान सम्पन्न पहिलो सेमिफाइनल खेलमा निसीखोला गाउँपालिकाले ढोरपाटन नगरपालिकालाई ३–१ को सेट अन्तरले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गर्‍यो। दोस्रो सेमिफाइनलमा गलकोट नगरपालिकाले काठेखोला गाउँपालिकालाई सानदार प्रदर्शनसहित ३–० सेटले पराजित गर्दै फाइनल यात्रा तय गर्‍यो।

सेमिफाइनल खेल बिहान ७ बजे सुरु भएको हो। जिल्ला भलिबल संघका उपाध्यक्ष किशोर थापाका अनुसार फाइनल खेल आज दिउँसो २ बजेपछि सुरु हुनेछ।

बुधबारदेखि सुरु भएको प्रतियोगितामा बागलुङ जिल्लाका सबै १० वटा स्थानीय तहका टिमहरूले सहभागिता जनाएका छन्। प्रतियोगिता अन्तर्राष्ट्रिय बागलुङ समाजको आयोजनामा सञ्चालन भइरहेको छ।

विजेता टिमले ट्रफी र मेडलसहित नगद २ लाख, उपविजेताले १ लाख, तेस्रो हुने टिमले ५० हजार, र सान्त्वनातर्फ २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई १० हजार, उत्कृष्ट प्रशिक्षकलाई ५ हजार, र अन्य विधागत रूपमा उत्कृष्ट हुने खेलाडीहरूलाई पनि ५–५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ। यसबारेमा समाजका सचिव तथा प्रतियोगिता संयोजक राजु थापाले जानकारी दिनुभयो।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...