अन्तर्राष्ट्रिय बागलुङ समाज कपको फाइनलमा निसीखोला र गलकोट भिड्ने

Published on

काठमाडौं, कात्तिक १

बागलुङमा जारी अन्तर्राष्ट्रिय बागलुङ समाज कप अन्तर्गत पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनल चरण सकिँदै निसीखोला गाउँपालिका र गलकोट नगरपालिका फाइनलमा प्रवेश गरेका छन्।

शनिबार बिहान सम्पन्न पहिलो सेमिफाइनल खेलमा निसीखोला गाउँपालिकाले ढोरपाटन नगरपालिकालाई ३–१ को सेट अन्तरले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गर्‍यो। दोस्रो सेमिफाइनलमा गलकोट नगरपालिकाले काठेखोला गाउँपालिकालाई सानदार प्रदर्शनसहित ३–० सेटले पराजित गर्दै फाइनल यात्रा तय गर्‍यो।

सेमिफाइनल खेल बिहान ७ बजे सुरु भएको हो। जिल्ला भलिबल संघका उपाध्यक्ष किशोर थापाका अनुसार फाइनल खेल आज दिउँसो २ बजेपछि सुरु हुनेछ।

बुधबारदेखि सुरु भएको प्रतियोगितामा बागलुङ जिल्लाका सबै १० वटा स्थानीय तहका टिमहरूले सहभागिता जनाएका छन्। प्रतियोगिता अन्तर्राष्ट्रिय बागलुङ समाजको आयोजनामा सञ्चालन भइरहेको छ।

विजेता टिमले ट्रफी र मेडलसहित नगद २ लाख, उपविजेताले १ लाख, तेस्रो हुने टिमले ५० हजार, र सान्त्वनातर्फ २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई १० हजार, उत्कृष्ट प्रशिक्षकलाई ५ हजार, र अन्य विधागत रूपमा उत्कृष्ट हुने खेलाडीहरूलाई पनि ५–५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ। यसबारेमा समाजका सचिव तथा प्रतियोगिता संयोजक राजु थापाले जानकारी दिनुभयो।

spot_img

ताजा समाचार

कांग्रेस महाधिवेशनमा रवि, ओली, प्रचण्डसहित विभिन्न दलका शीर्ष नेता सहभागी हुने

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सहभागी...

कांग्रेसमा एक उपसभापति र एक महामन्त्री थप्ने तयारी, विधान संशोधनको मस्यौदा तयार

  काठमाडौँ । नेपाली कांग्रेसमा एक उपसभापति र एक महामन्त्री थप्ने तयारी गरिएको छ। पार्टीको...

रास्वपा केन्द्रीय समिति बैठक आज, संगठन विस्तार र स्थानीय निर्वाचन तयारी मुख्य एजेन्डा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज बस्दै छ। सभापति...

आज कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौँ । देशभर मनसुनी वायु तथा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले...