तुलसीपुरको छिल्लीकोटमा व्यवसायिक किवी खेती सुरु

Published on

काठमाडौं कात्तिक १ – तुलसीपुर उपमहानगरपालिका–१९ छिल्लीकोटका किसान परवीर पुनले व्यवसायिक रूपमा सुरु गर्नुभएको किवी खेतीमा यस वर्ष फल लागेको छ।

करिब तीन वर्षअघि १२ कट्ठा जमिनमा किवी खेती सुरु गरेका पुनले यस वर्षदेखि फल दिन थालेको जानकारी दिनुभयो। किवी खेतीका लागि उपयुक्त मानिने १,२०० देखि २,४०० मिटर उचाइमा पर्ने छिल्लीकोट १४०० मिटर उचाइमा अवस्थित छ, जसले किवी उत्पादनका लागि अनुकूल वातावरण प्रदान गर्छ।

पुनले सल्यान जिल्लाबाट १०० भन्दा बढी किवीका बोट खरिद गरी रोपेका थिए। प्रति बोट रु २०० मा खरिद गरिएको बताउँदै, प्रारम्भिक उत्पादन हावापानी र असिनाका कारण अपेक्षाअनुसार नभए पनि अब व्यावसायिक विस्तार गर्ने योजना रहेको उहाँले बताउनुभयो।

नेपालमा किवी खेती सन् १९०६ मा न्यूजील्यान्डबाट सुरु भएको हो भने नेपालमा २०४३ सालमा कीर्तिपुरस्थित बागवानी विकास आयोजनामार्फत परीक्षण गरिएको थियो। हाल नेपालका ४० भन्दा बढी जिल्लामा किवी खेती विस्तार भइसकेको छ।

चिसो र समशितोष्ण हावापानीमा किवीले राम्रो उत्पादन दिने गरेको छ। सामान्यतया रोपेको ५ वर्षपछि प्रतिवोट ८० देखि १०० केजीसम्म उत्पादन हुने गर्दछ। किवीमा भिटामिन सी र ई पाइने भएकाले यसबाट छालाको सौन्दर्य बढाउने लोसन, क्रिम लगायतका सामग्री पनि उत्पादन गरिन्छ।

किसान पुनको पहलसँगै छिल्लीकोट क्षेत्रलाई भविष्यमा किवी खेतीको सम्भावित केन्द्रका रूपमा विकास गर्न सकिने देखिएको छ।

spot_img

ताजा समाचार

पूर्वप्रधानमन्त्री ओली र नेता लेखक पक्राउको विरोधमा संसद्‍मा एमालेको आपत्ति

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा नेकपा (एमाले)ले पूर्व प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा...

प्रतिनिधि सभाको बैठक सुरु : उच्च राजनीतिक सरगर्मी

काठमाडौं । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक बिहीबारदेखि सिंहदरबारस्थित नवनिर्मित बहुउद्देश्यीय भवनमा सुरु...

प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) पहिलो प्रतिनिधि सभाको बैठकमा उपस्थित हुनुभएको छ ।...

इरानी सर्वोच्च नेता खमेनीद्वारा पूर्वाधार पुनः स्थापनाका लागि राष्ट्रिय अभियानको आह्वान

काठमाडौं । इरानका सर्वोच्च नेता मोज्ताबा खमेनीले अमेरिकी आक्रमणका कारण भएको विनाशलाई सम्बोधन गर्न...