काज मिलाएर बसेका चिकित्सकलाई आफ्नै दरबन्दीमा फिर्ता गर्ने सरकारको निर्णय

Published on

काठमाडौँ । ‘काज’ मिलाएर सुगममा बसेका विशेषज्ञ चिकित्सक अब आफ्नै दरबन्दी भएको कार्यक्षेत्रमा फर्किनुपर्ने भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोमबार सुगममा बसेका विशेषज्ञ चिकित्सक आफ्नै दरबन्दी भएको कार्यक्षेत्रमा फकाउने निर्णय गरेको छ । डडेल्धुरा अस्पताल, नारायणी अस्पताल र गजेन्द्र नारायण सिंह अस्पतालको विशेषज्ञ सेवालाई प्रभावकारी बनाउने उद्देश्यले काज फिर्ता गर्ने निर्णय गरेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको निर्णय अनुसार पहिलो चरणमा १४ जना नवौँ र दशौँ तहका विशेषज्ञ चिकित्सकलाई उनीहरूको दरबन्दी रहेको अस्पतालमा फिर्ता पठाएको छ । डडेल्धुरा अस्पतालमा चार जना, नारायणी अस्पताल वीरगञ्जमा पाँच जना र गजेन्द्र नारायण सिंह अस्पताल सप्तरीमा पाँच जना विशेषज्ञ चिकित्सक फिर्ता भएका छन्। गोरखापत्र

spot_img

ताजा समाचार

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...