काठमाडौं कात्तिक १ — गुल्मी जिल्ला प्रशासन कार्यालयले एक हप्ताको अवधिमा राहदानी सेवाबाट मात्र २० लाख रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ।
जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेका अनुसार, गत आइतबारदेखि शुक्रबारसम्मको बीचमा ४०६ जनाले राहदानीका लागि आवेदन दिएको र सोबाट रु २० लाख ४७ हजार ५ सय राजस्व सङ्कलन भएको हो।
अन्य सेवाबाट पनि केही राजस्व संकलन भएको छ। सोही अवधिमा २६ वटा संस्था दर्ता तथा नवीकरणबाट रु १३ हजार र राष्ट्रिय परिचयपत्र सेवाबाट रु १९ हजार राजस्व प्राप्त भएको कार्यालयले जनाएको छ।
यसरी, विभिन्न सेवाबाट जम्मा रु २० लाख ७९ हजार ५ सय राजस्व सङ्कलन भएको हो।
यही एक सातामा कार्यालयमार्फत भएका अन्य प्रमुख सेवा प्रवाह विवरण यसप्रकार छन्:
- नयाँ नागरिकता वितरण: ४९८
- नागरिकताको प्रतिलिपि: २३९
- नाबालक परिचयपत्र वितरण: ४९
- राहदानी वितरण: १२८
- राष्ट्रिय परिचयपत्र आवेदन सङ्कलन: १,०६१
- राष्ट्रिय परिचयपत्र वितरण: ८८०
- दलित, जनजाति, पारिवारिक विवरण तथा प्रमाणित: २६
- मतदाता नामावली दर्ता: ७०३
जिल्ला प्रशासन कार्यालयले नागरिकले दैनिक रुपमा लिने सेवा प्रभावकारी बनाउँदै सूचना प्रवाह, सहजीकरण र समयमै सेवा उपलब्ध गराउनेतर्फ ध्यान केन्द्रित गरिरहेको जनाएको छ।

