कपिलवस्तुमा चाडपर्व लक्षित बजार अनुगमन तीव्र, म्याद गुज्रेका तथा अखाद्य वस्तु नष्ट

Published on

काठमाडौं कात्तिक १ — चाडपर्व नजिकिँदै गर्दा कपिलवस्तु जिल्लामा उपभोक्ताको सुरक्षा र गुणस्तरीय वस्तु आपूर्तिका लागि बजार अनुगमन तीव्र पारिएको छ।

जिल्ला प्रशासन कार्यालय कपिलवस्तुको नेतृत्वमा, उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय बुटवल, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय कपिलवस्तु र घरेलु तथा साना उद्योग कार्यालयको संयुक्त टोलीले चन्द्रौटा, बहादुरगञ्ज र इमिलिया लगायतका क्षेत्रमा अनुगमन गरेको हो।

सहायक प्रमुख जिल्ला अधिकारी पदमलाल लामिछानेका अनुसार, एक दर्जनभन्दा बढी होटल, रेस्टुरेन्ट र मिठाई पसलमा निरीक्षण गरिएको छ। अनुगमनको क्रममा लेबल नलगाइएको, म्याद गुज्रेको र अखाद्य वस्तु भेटिएपछि ती सामग्री जफत गरी नष्ट गरिएको छ।

ठूलो लापरबाही देखिएमा उपभोक्ता संरक्षण ऐन तथा कालोबजारी सम्बन्धी कानुन अनुसार कारबाही गरिने उहाँले चेतावनी दिनुभयो।

सरसफाइ र मापदण्डमा कमी

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख राजेन्द्र सिंहका अनुसार, बजारमा अधिकांश होटल तथा मिठाई पसलमा सरसफाइको अवस्था कमजोर रहेको पाइएको छ। उनले अखाद्य तेल र बिना लेबलका वस्तुसमेत बरामद गरिएको जानकारी दिनुभयो।

उद्योग कार्यालयका अधिकृत सन्तोष खनालले दर्ता विना सञ्चालन भएका व्यवसायलाई दर्ता गर्न र मूल्य सूची राख्न निर्देशन दिइएको जानकारी दिनुभयो।

स्थानीय प्रशासनको कडाइ

स्थानीय प्रशासनले बिना अनुमति सञ्चालन भइरहेका व्यवसाय, सडेगलेका र म्याद गुज्रेका सामान बेच्नेहरूविरुद्ध कडाइ गर्न थालेको जनाएको छ।

अनुगमन टोलीमा निर्देशनालयका वरिष्ठ शाखा अधिकृत अष्टराज गौतम, खाद्य प्रविधि डिभिजनका सरोज खनाल, जिल्ला प्रशासन कार्यालयका नासु बाबुराम शर्मा, घरेलु उद्योगका प्रतिनिधि श्रवणकुमार शैनी लगायतको उपस्थिति रहेको थियो।

प्रशासनले चाडपर्वमा उपभोक्ता ठगिन नपरोस् भन्ने उद्देश्यले जिल्लाका प्रमुख बजार क्षेत्रमा अनपेक्षित (छड्के) अनुगमन जारी राख्ने जनाएको छ।

spot_img

ताजा समाचार

पूर्वप्रधानमन्त्री ओली र नेता लेखक पक्राउको विरोधमा संसद्‍मा एमालेको आपत्ति

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा नेकपा (एमाले)ले पूर्व प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा...

प्रतिनिधि सभाको बैठक सुरु : उच्च राजनीतिक सरगर्मी

काठमाडौं । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक बिहीबारदेखि सिंहदरबारस्थित नवनिर्मित बहुउद्देश्यीय भवनमा सुरु...

प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) पहिलो प्रतिनिधि सभाको बैठकमा उपस्थित हुनुभएको छ ।...

इरानी सर्वोच्च नेता खमेनीद्वारा पूर्वाधार पुनः स्थापनाका लागि राष्ट्रिय अभियानको आह्वान

काठमाडौं । इरानका सर्वोच्च नेता मोज्ताबा खमेनीले अमेरिकी आक्रमणका कारण भएको विनाशलाई सम्बोधन गर्न...