बृहत्तर वराहक्षेत्र पदयात्रा सुरु, धार्मिक र पौराणिक सम्पदाको प्रवर्धनमा जोड

Published on

काठमाडौं , कात्तिक २ — धार्मिक नगरी वराहक्षेत्र चतराधामबाट बृहत्तर वराहक्षेत्र पदयात्रा औपचारिक रूपमा सुरु भएको छ। जगतगुरु बालसन्त मोहनसरण देवाचार्यको अगुवाइमा सुरु भएको यस धार्मिक यात्रा स्थानीय धार्मिक तथा पौराणिक सम्पदाको संरक्षण र प्रचारप्रसार गर्ने उद्देश्यले आयोजना गरिएको हो।

जगतगुरु बालसन्तका अनुसार पदयात्रा यस वर्ष पनि कात्तिक १ गतेबाट सुरु भई सुनसरी, उदयपुर र धनकुटा जिल्लाका महत्त्वपूर्ण धार्मिक स्थलहरूमा परिक्रमा गर्दै १५ दिनसम्म सञ्चालन हुनेछ।

प्रमुख स्थलहरूको दर्शन

पदयात्रा कुम्भस्थल चतराधामबाट सुरु भई सप्तकोशी नदी पार गर्दै उदयपुरको बेलका नगरपालिका सोमबारेमा रहेको महाङ्काल भगवतीको पहिलो दर्शन गर्नेछ। त्यसपछि कोसोप्पा गङ्गा, मैनामैनीस्थित मैनाकुट पर्वतमैनादेवी भगवतीको दर्शन गरिनेछ।

पदयात्राले थप रूपमा

  • त्रिवेणीधाम,
  • सफाइटारको कामान्चल पर्वतस्थित शिवपाञ्चायन मन्दिर,
  • मूलघाट विश्रान्तिधाम,
  • बेलहरा, सागुरीगढी,
  • नमस्ते झरना,
  • भेडेटार,
  • शिवजट्टाधाम,
  • वासुधाराधाम,
  • बुढासुब्बा,
  • दन्तकाली,
  • पिण्डेश्वर मन्दिर हुँदै
    धरान, तरहरा, इटहरी र वृद्ध गङ्गातटस्थित विश्वरुपेश्वर महादेव मन्दिरमा दर्शन गर्नेछ।

अन्तिम गन्तव्य : वराहक्षेत्र

पदयात्राको अन्तिम चरणमा रामपुरा, मानपुर, सिङ्घिया हुँदै रामधुनी मन्दिरको परिक्रमा, त्यसपछि प्रकाशपुर, राजाबास, सालबनी हुँदै शक्ररुद्र तीर्थबाट वराह भगवानको गर्भगृह दर्शन गरिनेछ।

जगतगुरु बालसन्त मोहनसरणका अनुसार बृहत्तर वराहक्षेत्र क्षेत्रका धार्मिक, ऐतिहासिक र पौराणिक स्थलहरूको पहिचान, संरक्षण र प्रचारमा सहयोग पुर्‍याउने उद्देश्यले २०८० सालबाट पदयात्रा सुरु गरिएको हो।

spot_img

ताजा समाचार

तेहरानभरि सैन्य लक्ष्यमा आक्रमण तीव्र

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग ‘चाँडै’ सम्झौता हुन सक्ने सङ्केत दिनुभएकै भोलिपल्ट...

तीस दिनभित्रै मुख्य खाद्यान्न बालीको मूल्य निर्धारण गरिने

काठमाडौं । सरकारले ३० दिनभित्र प्रमुख खाद्यान्न बालीको न्यूनतम् समर्थन मूल्य निर्धारण प्रक्रिया सुरु...

मकवानपुरमा २१८ जनामा डेङ्गु सङ्क्रमण

काठमाडौं । मकवानपुर जिल्लामा चालु आर्थिक वर्षको साउन १ गतेदेखि चैत १५ गतेसम्म २१८...

लेबननमा शान्ति सैनिकको मृत्यु, संयुक्त राष्ट्रसङ्घद्वारा निन्दा

काठमाडौं । लेबननमा रहेको संयुक्त राष्ट्रसङ्घको शान्ति बलले सोमबार एक शान्ति सैनिकको मृत्यु भएको...