प्रधानमन्त्री कार्कीले फागुन २१ को निर्वाचन सफल बनाउन तयारी तीव्र बनाउन आग्रह

Published on

काठमाडौं, कार्तिक २

प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ मा हुने प्रतिनिधि सभाको निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न तयारी तीव्र गतिमा अगाडि बढिरहेको जानकारी दिनुभएको छ। उहाँले सामाजिक सञ्जाल एक्समा लेख्नुभएको छ, “निर्वाचनको तयारी द्रुत गतिमा भइरहेको छ। सहज र समन्वयित निर्वाचनका लागि सबै पक्षले जिम्मेवारी र सहकार्य देखाउनुपर्नेछ।”

शनिबार राष्ट्रपति रामचन्द्र पौडेल, गृहमन्त्री ओमप्रकाश अर्याल र अन्य मन्त्रीहरूको उपस्थितिमा चारवटै सुरक्षा निकायका प्रमुखहरूसँग शीतल निवासमा निर्वाचन तयारी र सुरक्षा विषयमा गम्भीर छलफल भएको थियो।

प्रधानमन्त्री कार्कीका अनुसार, सबै सुरक्षा निकायका प्रमुखहरूले उच्च मनोबलका साथ सुरक्षा सुनिश्चित गर्न तयार रहेको जानकारी दिएका छन्। साथै चुनावी वातावरण बनाउन राजनीतिक तहबाट पहल भएको र राजनीतिक दलहरूसँग संवाद पनि सुरु भइसकेको छ।

spot_img

ताजा समाचार

तेहरानभरि सैन्य लक्ष्यमा आक्रमण तीव्र

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग ‘चाँडै’ सम्झौता हुन सक्ने सङ्केत दिनुभएकै भोलिपल्ट...

तीस दिनभित्रै मुख्य खाद्यान्न बालीको मूल्य निर्धारण गरिने

काठमाडौं । सरकारले ३० दिनभित्र प्रमुख खाद्यान्न बालीको न्यूनतम् समर्थन मूल्य निर्धारण प्रक्रिया सुरु...

मकवानपुरमा २१८ जनामा डेङ्गु सङ्क्रमण

काठमाडौं । मकवानपुर जिल्लामा चालु आर्थिक वर्षको साउन १ गतेदेखि चैत १५ गतेसम्म २१८...

लेबननमा शान्ति सैनिकको मृत्यु, संयुक्त राष्ट्रसङ्घद्वारा निन्दा

काठमाडौं । लेबननमा रहेको संयुक्त राष्ट्रसङ्घको शान्ति बलले सोमबार एक शान्ति सैनिकको मृत्यु भएको...