नर्सिङ स्वास्थ्यकर्मीको पारिश्रमिक सम्बन्धी माग सम्बोधन गर्न १४ सदस्यीय समिति गठन

Published on

काठमाडौं, कार्तिक २ गते — सरकारले नर्सिङ स्वास्थ्यकर्मीहरूको पारिश्रमिकसम्बन्धी माग समाधान गर्न स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव प्रा. डा. श्रीकृष्ण श्रेष्ठको नेतृत्वमा १४ सदस्यीय समिति गठन गरेको छ।

गत सातामा निजी अस्पताल र मेडिकल कलेजका नर्सहरूले उचित पारिश्रमिक नपाएको भन्दै आन्दोलन सुरु गरेपछि प्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री सुशीला कार्कीले स्वास्थ्य मन्त्रालयका सचिवसहितको टोलीलाई तत्काल समस्या समाधान गर्न निर्देशन दिनुभएको थियो।

समितिको पहिलो बैठक आज बसेर आन्दोलनरत नर्सहरूलाई काममा फर्काउने वातावरण बनाउन प्रयास भइरहेको मन्त्रालयका सचिव डा. विकास देवकोटाले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “तिहारको विदा अघि कामको दबाब बढी हुने भएकाले आजै सहमति गरेर काममा फर्काउने प्रयास गरिरहेका छौं।”

समितिले एक हप्ताभित्र पारिश्रमिकसम्बन्धी प्रारम्भिक प्रतिवेदन पेश गर्नेछ जसमा तत्काल र दीर्घकालीन समाधानका उपायहरू प्रस्ताव गरिनेछ।

समितिमा स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीहरू, चिकित्सा शिक्षा आयोग, स्वास्थ्य सेवा विभाग, गृह, अर्थ, श्रम, शिक्षा मन्त्रालयका प्रतिनिधि, नेपाल नर्सिङ परिषद्, नर्सिङ संघ, मेडिकल कलेज एसोसिएसन र आन्दोलनरत नर्सका प्रतिनिधि पनि रहेका छन्।

नर्सहरूले सरकारले तोकेको आधारभूत तलब ३४ हजार ७३० रुपियाँ र अन्य सुविधा पाउनुपर्ने माग गर्दै आएका छन्।

समितिको प्रमुख कार्यहरूमा निजी तथा सामुदायिक अस्पतालमा कार्यरत नर्सहरूको पारिश्रमिक सम्बन्धी नीति समीक्षा, सरकारी न्यूनतम तलबको कार्यान्वयन सुनिश्चितता र दीर्घकालीन सुधारका लागि सुझाव पेश गर्नु पर्दछ।

spot_img

ताजा समाचार

रोहित पौडेलको शतकमा नेपालले क्यानडालाई २४ रनले हरायो

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा जारी एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) शृङ्खलाको आफ्नो...

बूढीगण्डकीमा भीषण बाढी : पाँच गोठाला सम्पर्कविहीन, जलविद्युत् आयोजनाको निर्माणस्थल बगायो

काठमाडौं । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा आइतबार बिहान आएको बाढीले ठूलो भौतिक क्षति पुर्‍याएको...

आजदेखि बडादसैँ सुरु, बिहान ११ः४७ बजे घटस्थापनाको शुभ साइत

काठमाडौँ, असोज २५ । नेपालीको महान् चाड बडादसैँ आज आइतबारदेखि विधिवत् रूपमा सुरु हुँदैछ।...

राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको परमादेश

काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र नभएका नागरिकलाई नागरिकता प्रमाणपत्रलगायत परिचय खुल्ने अन्य कागजातका...