नर्सिङ स्वास्थ्यकर्मीको पारिश्रमिक सम्बन्धी माग सम्बोधन गर्न १४ सदस्यीय समिति गठन

Published on

काठमाडौं, कार्तिक २ गते — सरकारले नर्सिङ स्वास्थ्यकर्मीहरूको पारिश्रमिकसम्बन्धी माग समाधान गर्न स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव प्रा. डा. श्रीकृष्ण श्रेष्ठको नेतृत्वमा १४ सदस्यीय समिति गठन गरेको छ।

गत सातामा निजी अस्पताल र मेडिकल कलेजका नर्सहरूले उचित पारिश्रमिक नपाएको भन्दै आन्दोलन सुरु गरेपछि प्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री सुशीला कार्कीले स्वास्थ्य मन्त्रालयका सचिवसहितको टोलीलाई तत्काल समस्या समाधान गर्न निर्देशन दिनुभएको थियो।

समितिको पहिलो बैठक आज बसेर आन्दोलनरत नर्सहरूलाई काममा फर्काउने वातावरण बनाउन प्रयास भइरहेको मन्त्रालयका सचिव डा. विकास देवकोटाले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “तिहारको विदा अघि कामको दबाब बढी हुने भएकाले आजै सहमति गरेर काममा फर्काउने प्रयास गरिरहेका छौं।”

समितिले एक हप्ताभित्र पारिश्रमिकसम्बन्धी प्रारम्भिक प्रतिवेदन पेश गर्नेछ जसमा तत्काल र दीर्घकालीन समाधानका उपायहरू प्रस्ताव गरिनेछ।

समितिमा स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीहरू, चिकित्सा शिक्षा आयोग, स्वास्थ्य सेवा विभाग, गृह, अर्थ, श्रम, शिक्षा मन्त्रालयका प्रतिनिधि, नेपाल नर्सिङ परिषद्, नर्सिङ संघ, मेडिकल कलेज एसोसिएसन र आन्दोलनरत नर्सका प्रतिनिधि पनि रहेका छन्।

नर्सहरूले सरकारले तोकेको आधारभूत तलब ३४ हजार ७३० रुपियाँ र अन्य सुविधा पाउनुपर्ने माग गर्दै आएका छन्।

समितिको प्रमुख कार्यहरूमा निजी तथा सामुदायिक अस्पतालमा कार्यरत नर्सहरूको पारिश्रमिक सम्बन्धी नीति समीक्षा, सरकारी न्यूनतम तलबको कार्यान्वयन सुनिश्चितता र दीर्घकालीन सुधारका लागि सुझाव पेश गर्नु पर्दछ।

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...