नेपाली कांग्रेसका विशेष महाधिवेशन समर्थकहरूले केन्द्रीय समितिको म्याद थप्न नहुने दाबी

Published on

काठमाडौं, कार्तिक २ गते — नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरहरूले पार्टीको केन्द्रीय समितिको म्याद थप्नु हुँदैन भनी आवाज उठाएका छन्। नेता गुरु घिमिरे, मनोजमणि आचार्य, देवराज चालिसेलगायतले आज पत्रकार सम्मेलन गरी केन्द्रीय समितिको म्याद थप्ने प्रयासलाई अस्वाभाविक र अलोकतान्त्रिक बताउनुभयो।

उहाँहरूको आरोप छ कि पार्टी नेतृत्व अनावश्यक रूपमा कार्यसमिति बैठक लम्ब्याउँदै महाधिवेशन नगरी बसिरहन खोजिरहेको छ। असोज २८ मा सुरु भएको बैठक शनिबारसम्म चलेपछि पुनः कात्तिक १३ मा बस्ने निर्णय भएको छ।

वक्ताहरूले बैठक लम्ब्याउनु र ढिलाइ गर्नु वर्तमान नेतृत्वको रणनीति हो जसले समयमै महाधिवेशन नहुने संकेत गरेको बताएका छन्। नेता आचार्यले भने, “राष्ट्रिय राजनीति तीव्र गतिमा अगाडि बढिरहेको छ, तर पार्टी भित्र विलम्ब र अल्मल हुँदा देशलाई आवश्यक निर्णयमा बाधा पुगिरहेको छ। आगामी फागुन २१ मा प्रतिनिधिसभा चुनावअघि नयाँ नेतृत्व चयन आवश्यक छ।”

गुरु घिमिरेले केन्द्रीय कार्यसमितिको बैठक अनावश्यक रूपमा लम्बिएको भन्दै महाधिवेशन प्रतिनिधिको निर्णय पालना गर्न जोड दिनुभयो। उहाँले नेपालका अन्य प्रमुख पार्टीहरूले आगामी मङ्सिरमा महाधिवेशन गर्ने निर्णय गरिसकेकाले कांग्रेसले पनि छिटो निर्णय लिनुपर्नेमा जोड दिनुभयो।

विशेष महाधिवेशनका पक्षधरहरूले विधानअनुसार कार्यसमितिले महाधिवेशनको मिति सुनिश्चित गरी बहुसंख्यक प्रतिनिधिको मतको सम्मान गर्नुपर्ने बताएका छन्।

spot_img

ताजा समाचार

तेहरानभरि सैन्य लक्ष्यमा आक्रमण तीव्र

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग ‘चाँडै’ सम्झौता हुन सक्ने सङ्केत दिनुभएकै भोलिपल्ट...

तीस दिनभित्रै मुख्य खाद्यान्न बालीको मूल्य निर्धारण गरिने

काठमाडौं । सरकारले ३० दिनभित्र प्रमुख खाद्यान्न बालीको न्यूनतम् समर्थन मूल्य निर्धारण प्रक्रिया सुरु...

मकवानपुरमा २१८ जनामा डेङ्गु सङ्क्रमण

काठमाडौं । मकवानपुर जिल्लामा चालु आर्थिक वर्षको साउन १ गतेदेखि चैत १५ गतेसम्म २१८...

लेबननमा शान्ति सैनिकको मृत्यु, संयुक्त राष्ट्रसङ्घद्वारा निन्दा

काठमाडौं । लेबननमा रहेको संयुक्त राष्ट्रसङ्घको शान्ति बलले सोमबार एक शान्ति सैनिकको मृत्यु भएको...