भयरहित निर्वाचन गराउन सरकार दत्तचित्त रहेको प्रधानमन्त्री कार्कीको भनाइ

Published on

काठमाडौं, कात्तिक ५

प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनलाई भयरहित र निष्पक्ष ढंगले सम्पन्न गराउन सरकार पूर्ण रूपमा दत्तचित्त रहेको बताउनुभएको छ।

बसन्तपुरमा आयोजित नेपाल संवत् ११४६ नयाँ वर्ष स्वागत समारोहलाई बुधबार सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले हालको विद्रोहपछिको अवस्थालाई सामान्यीकरण गर्दै निर्वाचनको तयारीमा सरकार केन्द्रित रहेको उल्लेख गर्नुभयो।

“निर्वाचन प्राथमिकतामा रहेको छ, तर यसले अन्य मुद्दामा सरकार मौन छ भन्ने अर्थ लगाउनु हुँदैन,” प्रधानमन्त्री कार्कीले भन्नुभयो, “भ्रष्टाचार र सुशासनका सवालमा पनि राज्यका संयन्त्रहरूबाट परिणाममुखी रूपमा काम भइरहेको छ।”

उहाँले जेनजी आन्दोलनसँग सरकार निरन्तर संवादमा रहेको जानकारी दिँदै भन्नुभयो, “संविधानको अधीनमा रही जेनजी समुदायको सुशासनप्रतिको आवाज सम्बोधन गर्नु सरकारको दायित्व हो। यसमा हामी प्रतिबद्ध छौँ।”

प्रधानमन्त्री कार्कीले निर्वाचन सफल बनाउन समाजका सबै पक्षहरूको सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो। “लोकतन्त्रलाई जीवित राख्न, भ्रष्टाचार नियन्त्रण गर्न र समाजमा सद्भाव कायम गर्न सबैले सचेत नागरिकको भूमिका निर्वाह गर्नुपर्छ,” उहाँले भन्नुभयो।

उहाँले सबै राजनीतिक दल, वर्ग र समूहहरूको साथ र सहयोग रहने विश्वास पनि व्यक्त गर्नुभयो।

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...