निर्वाचनमा केन्द्रित हुन सबै पक्षलाई प्रचण्डको आग्रह

Published on

काठमाडौं, कात्तिक ५

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारलाई तोकिएको समयमा निर्वाचन सम्पन्न गर्न आवश्यक वातावरण सुनिश्चित गर्न गम्भीर भएर लाग्नुपर्नेमा जोड दिनुभएको छ।

बुधबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै, अध्यक्ष प्रचण्डले निर्वाचनको घोषणा भइसकेपछि अब सबै पक्ष चुनाव केन्द्रित हुनुपर्ने धारणा राख्नुभयो।

“सरकारले निर्वाचनको घोषणा गरेपछि त्यसलाई स्वागत गर्दै केन्द्रीय समितिबाट अपिल जारी गर्ने पहिलो पार्टी हाम्रै हो,” उहाँले भन्नुभयो।

अध्यक्ष प्रचण्डले आगामी छठ पर्वपछि वामपन्थी एकता र ध्रुवीकरणको प्रक्रिया नयाँ स्वरूपमा देखिने विश्वास पनि व्यक्त गर्नुभयो। “मधेश प्रदेशमा जेनजी कार्यक्रम गर्ने पार्टी पनि हामी नै हौं,” उहाँले भन्नुभयो, “समाजवादी मोर्चामा रहेका दलहरूसँग पनि एकता प्रक्रिया अघि बढिरहेको छ, जसको प्रगति छठपछि स्पष्ट हुनेछ।”

प्रचण्डले महोत्तरीको रामगोपालपुरमा आयोजित पार्टी कार्यक्रममा सहभागी हुन आउँदा जनकपुरधाम विमानस्थलमा पत्रकारहरूसँग प्रतिक्रिया दिएका हुन्।

spot_img

ताजा समाचार

रोहित पौडेलको शतकमा नेपालले क्यानडालाई २४ रनले हरायो

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा जारी एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) शृङ्खलाको आफ्नो...

बूढीगण्डकीमा भीषण बाढी : पाँच गोठाला सम्पर्कविहीन, जलविद्युत् आयोजनाको निर्माणस्थल बगायो

काठमाडौं । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा आइतबार बिहान आएको बाढीले ठूलो भौतिक क्षति पुर्‍याएको...

आजदेखि बडादसैँ सुरु, बिहान ११ः४७ बजे घटस्थापनाको शुभ साइत

काठमाडौँ, असोज २५ । नेपालीको महान् चाड बडादसैँ आज आइतबारदेखि विधिवत् रूपमा सुरु हुँदैछ।...

राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको परमादेश

काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र नभएका नागरिकलाई नागरिकता प्रमाणपत्रलगायत परिचय खुल्ने अन्य कागजातका...