नारायणघाट–बुटवल सडक खण्ड यात्राका लागि सहज बन्दै

Published on

काठमाडौं, कात्तिक ५

विस्तारको चरणमा रहेको पूर्व–पश्चिम राजमार्गअन्तर्गतको नारायणघाट–बुटवल सडक खण्ड अहिले यात्रुहरूका लागि क्रमशः सहज बन्दै गएको छ।

११३ किलोमिटर लामो यस सडकखण्डमा दाउन्ने क्षेत्रबाहेक अधिकांश भागमा यातायात सहज भएको नारायणघाट–बुटवल सडक आयोजनाले जनाएको छ। आयोजनाको पूर्वी खण्डका सूचना अधिकारी इञ्जिनियर शिव खनालका अनुसार, हाल सडकका ११ स्थानमा विस्तारको काम तीव्र गतिमा भइरहेको छ।

दाउन्नेको करिब ७ किलोमिटर क्षेत्र (पूर्वतर्फ २ किमि, पश्चिमतर्फ ५ किमि) बाहेक अन्य स्थानमा यातायात सहज भएको खनालले बताउनुभयो। “दाउन्ने खण्डमा पनि धुलो हटाइ सहज बनाइएको छ, यो हिउँदभित्रमा पूरै खण्ड सञ्चालनयोग्य बनाइनेछ,” उहाँले भन्नुभयो।

योजना अनुसार, यस खण्डमा बन्ने ३४ वटा पुलमध्ये अरुणखोला र चोरमारा बाहेक अन्य सबैको निर्माण कार्य पूरा भइसकेको छ।

यातायातलाई सहज बनाउँदै एकतर्फी कालोपत्र सकिएको ठाउँमा अर्कोतर्फ कालोपत्र, सडकको बीचमा डिभाइडर, सर्भिस लेन, र सडक फिनिसिङको काम भइरहेको जानकारी दिइएको छ।

सडक विस्तारको जिम्मा लिएको चाइना स्टेट इञ्जिनियरिङ कर्पोरेशन लिमिटेडका ठेक्का व्यवस्थापक इञ्जिनियर राकेश झाले हाल नारायणघाट–बुटवल यात्रा २.५ घण्टामा पूरा गर्न सकिने बताउनुभयो।

“पोहोर परार यो दूरी पार गर्न ७ घण्टासम्म लाग्थ्यो,” गाडी चालक संगम लम्सालले बताए, “अहिले बाटो सहज हुँदा यात्रुहरू समयमै गन्तव्य पुग्ने गरेका छन्, गाडी मर्मत खर्च पनि घटेको छ।”

एसियाली हाइवे मापदण्डमा चार लेनमा विस्तार भइरहेको यस सडक आयोजनाको लागत १७ अर्ब रुपैयाँ रहेको छ, जसको ८५ प्रतिशत रकम एशियाली विकास बैंक (ADB) ले १.५ प्रतिशत व्याजमा ऋण रूपमा उपलब्ध गराएको हो।

विसं २०७५ माघमा सुरु गरिएको परियोजना २०७९ साउनमा सम्पन्न गर्ने लक्ष्यसहित थालिएको थियो। हालसम्म चारपटक म्याद थपिएकोअन्तिम म्याद आगामी साउन ८ गते सकिँदैछ।

spot_img

ताजा समाचार

तेहरानभरि सैन्य लक्ष्यमा आक्रमण तीव्र

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग ‘चाँडै’ सम्झौता हुन सक्ने सङ्केत दिनुभएकै भोलिपल्ट...

तीस दिनभित्रै मुख्य खाद्यान्न बालीको मूल्य निर्धारण गरिने

काठमाडौं । सरकारले ३० दिनभित्र प्रमुख खाद्यान्न बालीको न्यूनतम् समर्थन मूल्य निर्धारण प्रक्रिया सुरु...

मकवानपुरमा २१८ जनामा डेङ्गु सङ्क्रमण

काठमाडौं । मकवानपुर जिल्लामा चालु आर्थिक वर्षको साउन १ गतेदेखि चैत १५ गतेसम्म २१८...

लेबननमा शान्ति सैनिकको मृत्यु, संयुक्त राष्ट्रसङ्घद्वारा निन्दा

काठमाडौं । लेबननमा रहेको संयुक्त राष्ट्रसङ्घको शान्ति बलले सोमबार एक शान्ति सैनिकको मृत्यु भएको...