फरार जबरजस्ती करणी प्रतिवादी सहित ११ जना पक्राउ

Published on

काठमाडौं, कात्तिक ५

मकवानपुर प्रहरीले फरार जबरजस्ती करणी प्रतिवादी विजय तामाङलाई पक्राउ गरेको छ।

३१ असोजमा हेटौँडा उपमहानगरपालिका–१० बसपार्कबाट जुवातास खेलिरहेको अवस्थामा विजय तामाङ पक्राउ परेका हुन्।

तामाङमाथि जिल्ला अदालत सिन्धुपाल्चोकले २०७४ साउन ११ गते १० वर्ष कैदको फैसला गरेको थियो।

उहाँ १० वर्षदेखि फरार थिए र प्रहरीले खोजतलास गर्दै आइरहेको थियो।

त्यसै गरी प्रहरीले मकवानपुर बागमती गाउँपालिका–५ बस्ने राजेश दर्नाल (हेमन्त परियार) लाई पनि पक्राउ गरेको छ।

परियारमाथि चोरी र डाँका मुद्दामा पाँच वटा फरक मुद्दा चलिरहेका थिए।

उनी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ११ बुक तास र ६ लाख ६ हजार ३१० रुपैयाँ नगद सहित ११ जनालाई पक्राउ गरेको छ।

जुवा सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ।

सिआरएस चेकजाँच गर्दा तामाङ र परियार फरार रहेका अपराधी भएको पुष्टि भएको छ।

प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले घटनाको पुष्टि गर्दै यसबारे थप अनुसन्धान जारी रहेको जानकारी दिनुभयो।

spot_img

ताजा समाचार

भोलिदेखि सुरु हुने एनपीएलको तेस्रो संस्करणको तयारी पुरा, पहिलोपटक डीआरएस प्रयोग हुँदै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको सम्पूर्ण तयारी पूरा भएको छ। नेपाल...

कोजाग्रत पूर्णिमासँगै आज बडादसैँ पर्व समापन हुँदै

काठमाडौं । नेपालीले भव्य रूपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादसैँ पर्व आज कोजाग्रत पूर्णिमासँगै...

स्वर्णिम वाग्लेको अभिव्यक्तिप्रति कमल थापाको आपत्ति, राष्ट्रियतामाथि अवमूल्यन भएको टिप्पणी

काठमाडौं – नेपाल-भारत सम्बन्धबारे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नयाँदिल्लीमा दिएको अभिव्यक्तिप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी...

कोशी र गण्डकीका हिमाली क्षेत्रमा हल्का वर्षा वा हिमपातको सम्भावना

काठमाडौं - आज कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा वा...