गाई तिहारमा विधिपूर्वक गाईको पूजा

Published on

काठमाडौँ, कात्तिक ५

तिहार अर्थात् यमपञ्चकको पाँचौँ दिन आज देशभर विधिपूर्वक गाईको पूजा आराधना गरिएको छ। वैदिक सनातन परम्पराअनुसार गाईलाई पवित्र जीव मानिने भएकाले गाई पूजा गर्ने चलन पुरातन कालदेखि चलिआएको हो।

हिन्दू धर्ममा गाईलाई गौमाताका रूपमा सम्मान गरिन्छ। गाईको दूध आमाको दूधजत्तिकै पौष्टिक मानिने भएकाले गाई पूजनीय ठानिन्छ। विशेषतः स्थानीय जातका गाईको जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा ग्रहण गर्ने र त्यसले उत्पादन गर्ने दूध, गहुँत तथा गोबर मानिसका लागि उपयोगी हुने वैज्ञानिक मान्यता रहेको बताइएको छ। यही कारणले गाईलाई राष्ट्रिय जनावरका रूपमा सम्मान गरिन्छ।

धार्मिक विश्वास अनुसार आजको दिन गाईलाई पूजा गरेर मिठा परिकार खुवाउँदा शुद्धता र पुण्य प्राप्त हुने जनविश्वास छ। यद्यपि नेपालका विभिन्न भूभाग र समुदायहरूमा कात्तिक कृष्ण औँसीमै गाई पूजा गर्ने परम्परा भए पनि शास्त्रीय मान्यता अनुसार औँसीको अन्त्य र प्रतिपदाको सुरुवातमा गाई पूजा गर्नुपर्ने धर्मशास्त्रविद् प्रा. तोयराज नेपालले बताउनुभएको छ।

त्यसैगरी, आज गाईको पूजा गरेपछि साउन शुक्ल पूर्णिमाका दिन दाहिने हातमा बाँधिएको रक्षाबन्धनको डोरो गाईको पुच्छरमा बाँध्ने परम्परा पनि निर्वाह गरिएको छ। धार्मिक विश्वास अनुसार यस्तो गर्दा मृत्युपछि गाईले वैतरणी नदी तारिदिने जनविश्वास रहेको छ।

spot_img

ताजा समाचार

तेहरानभरि सैन्य लक्ष्यमा आक्रमण तीव्र

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग ‘चाँडै’ सम्झौता हुन सक्ने सङ्केत दिनुभएकै भोलिपल्ट...

तीस दिनभित्रै मुख्य खाद्यान्न बालीको मूल्य निर्धारण गरिने

काठमाडौं । सरकारले ३० दिनभित्र प्रमुख खाद्यान्न बालीको न्यूनतम् समर्थन मूल्य निर्धारण प्रक्रिया सुरु...

मकवानपुरमा २१८ जनामा डेङ्गु सङ्क्रमण

काठमाडौं । मकवानपुर जिल्लामा चालु आर्थिक वर्षको साउन १ गतेदेखि चैत १५ गतेसम्म २१८...

लेबननमा शान्ति सैनिकको मृत्यु, संयुक्त राष्ट्रसङ्घद्वारा निन्दा

काठमाडौं । लेबननमा रहेको संयुक्त राष्ट्रसङ्घको शान्ति बलले सोमबार एक शान्ति सैनिकको मृत्यु भएको...