गाई तिहारमा विधिपूर्वक गाईको पूजा

Published on

काठमाडौँ, कात्तिक ५

तिहार अर्थात् यमपञ्चकको पाँचौँ दिन आज देशभर विधिपूर्वक गाईको पूजा आराधना गरिएको छ। वैदिक सनातन परम्पराअनुसार गाईलाई पवित्र जीव मानिने भएकाले गाई पूजा गर्ने चलन पुरातन कालदेखि चलिआएको हो।

हिन्दू धर्ममा गाईलाई गौमाताका रूपमा सम्मान गरिन्छ। गाईको दूध आमाको दूधजत्तिकै पौष्टिक मानिने भएकाले गाई पूजनीय ठानिन्छ। विशेषतः स्थानीय जातका गाईको जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा ग्रहण गर्ने र त्यसले उत्पादन गर्ने दूध, गहुँत तथा गोबर मानिसका लागि उपयोगी हुने वैज्ञानिक मान्यता रहेको बताइएको छ। यही कारणले गाईलाई राष्ट्रिय जनावरका रूपमा सम्मान गरिन्छ।

धार्मिक विश्वास अनुसार आजको दिन गाईलाई पूजा गरेर मिठा परिकार खुवाउँदा शुद्धता र पुण्य प्राप्त हुने जनविश्वास छ। यद्यपि नेपालका विभिन्न भूभाग र समुदायहरूमा कात्तिक कृष्ण औँसीमै गाई पूजा गर्ने परम्परा भए पनि शास्त्रीय मान्यता अनुसार औँसीको अन्त्य र प्रतिपदाको सुरुवातमा गाई पूजा गर्नुपर्ने धर्मशास्त्रविद् प्रा. तोयराज नेपालले बताउनुभएको छ।

त्यसैगरी, आज गाईको पूजा गरेपछि साउन शुक्ल पूर्णिमाका दिन दाहिने हातमा बाँधिएको रक्षाबन्धनको डोरो गाईको पुच्छरमा बाँध्ने परम्परा पनि निर्वाह गरिएको छ। धार्मिक विश्वास अनुसार यस्तो गर्दा मृत्युपछि गाईले वैतरणी नदी तारिदिने जनविश्वास रहेको छ।

spot_img

ताजा समाचार

सागसब्जीमा समृद्धि पहिल्याउँदै कञ्चनपुरका दुई किसान

काठमाडौं । कृष्णपुर नगरपालिका–६ बालुवाफाँटाका जनक चौधरी विदेशमा चाहेजस्तो आम्दानी गर्न नसकेपछि गाउँमै व्यावसायिक...

मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्रीको शपथ ग्रहण आज

काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्ण प्रसाद यादवको शपथ ग्रहण आज (आइतबार) हुने...

सडक पूरा गर्न त्रियानब्बे करोडको सम्झौता

काठमाडौं । देशकै लामो भनिएको सैनामैना चक्रपथको अधुरो रहेको साढे १९ किलोमिटर सडक निर्माण...

रिभल्भरसहित भारतीय नागरिक पक्राउ

काठमाडौं । सशस्त्र प्रहरीले महोत्तरीको एकडारा गाउँपालिका–४ हलखोरी चोकबाट रिभल्भरसहित एक जना भारतीय नागरिकलाई...